Comments Add Comment

‘कसम’ निर्माताका छोराले निखिललाई लिएर चलचित्र बनाउँदै

kasam-nirmata-back
‘बनमा फूल्यो फूल’ जस्तो हिट गीत समावेश चलचित्र ‘कसम’का निर्माता जगन श्रेष्ठले अब चलचित्र लगानीमा नयाँ पुस्तालाई अगाडि सारेका छन् । उनले आफ्ना छोरा जयन श्रेष्ठलाई चलचित्र निर्माणमा अगाडि सारेका हुन् । उनका छोराले अब नायक निखिल उप्रेतीलाई लिएर नयाँ चलचित्र बनाउने भएका छन् ।

चलचित्रको निर्देशन सविर श्रेष्ठले गर्ने पक्का भएको छ । चलचित्रका वितरक गोपाल कायस्थले दिएको जानकारी अनुसार निखिल उप्रेतीको साथमा नयाँ नायिकाले काम गर्नेछिन् । चलचित्रको नाम र अन्य कलाकार पक्का भएको छैन ।

लभस्टोरी तथा एक्सन चलचित्रको छायांकन पौष २० गतेबाट गर्ने तयारी गरिएको छ । जयनको लगानीमा बन्न लागेको  यो पहिलो चलचित्र हो ।

नेपाली चलचित्र पछिल्ला दिनमा चल्न थालेपछि पुराना निर्माता आकषिर्त बन्न थालेका छन् । यस्तै, नायक निखिल उप्रेतीका चलचित्रले पनि लगातार व्यापार गरेपछि उनको माग बजारमा ह्वात्तै बढेको छ । यसैले पनि उनी सर्वाधिक व्यस्त नायक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment