Comments Add Comment

प्रभु मनी र मुथुत फाइनान्सबीच रेमिटान्स भुक्तानी सम्झौता

Parbhu Money Transfor
८ मंसिर, काठमाडौं । प्रभु मनि ट्रान्सफर इण्डिया र भारतस्थित मुथुत फाइनान्स कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रभुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुश्री कुसुम लामा र मुथुत फाइनान्सका तर्फबाट चिफ जेनरल म्यानेजर केआर बिजीमोनले हस्ताक्षर गरे ।

प्रभु मनि ट्रान्सफर इण्डियाले भारतमा रहेका नेपालीहरुको लागि आफ्नै नागरिकतामार्फत् नेपालमा सर्वसुलभ तरिकाले रकम पठाउन विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रभु मनी ट्रान्सफर र मुथुत फाइनान्सबीच भएको सम्झौता पश्चात भारतभर रहेका मुथुत फाईनान्स लिमिटेडका ७ हजार शाखा सञ्जालहरुबाट नेपालमा रकम पठाउन सकिनेछ ।

यसरी भारतबाट प्रभु मनीमार्फत् नेपालमा पठाईएको रकम प्रभु बैंकका ११२ शाखा, प्रभु मनि ट्रान्सफरका नेपालस्थित करिब ७ हजार एजेन्टमार्फत भुक्तानी लिन सकिन्छ ।

प्रभु मनि ट्रान्सफरमार्फत भारतबाट नेपालमा पठाएकोे रकम सम्बन्धित व्यक्तिले उपलब्ध गराएको नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको खाता तथा प्रभु मनि ट्रान्सफरले वितरण गरेको रुपैयाँ कार्डमा समेत रकम जम्मा हुने व्यवस्था मिलाएको बताइएको छ ।

भारतको द्धारका र पहाडगञ्जस्थित प्रभु मनिका आफ्नै कार्यालय र यसका मुख्य एजेण्ट एकोका ३६ सय र जिआई टेक्नोलोजी स्मार्ट सपका ९० हजार आउलेटहरु तथा प्रभु मनि ट्रान्सफरका भारतस्थित अन्य एजेण्टहरु मार्फत् सहज रुपमा नेपालमा रकम पठाउने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment