Comments Add Comment

बालचन्द्र बराल झोर्ले २ बजारमा ल्याउने तयारी

कतार । नेपाली लोक दोहोरी क्षेत्रमा पछील्लो समय गायक बालचन्द्र बरालले लगातर सफलता हात पार्दै आएका छन । यो बर्ष उनका निरन्तर रुपमा गीत बजारमा आईरहेकाछन । नयाँ प्रतिभाहरुलाई प्रोत्सहान गर्दै थुप्रै पर्ब बिशेष लोक दोहोरी गीत बजारमा ल्याईरहेका छन गायक बरालले । तीजमा शान्ता मगर र डिला बि.क, दसैं तिहारमा कमल न्यौपाने र कुमार बस्नेतसँगै सहकार्य गरी गीत बजारमा प्रस्तुत गरिसकेका छन ।

Jhorleगीत संगीतको संरक्षण र सम्बर्धनमा तत्पर बरालले यस्पली झोर्ले -२ रुमाल फरर बोलको गीत बजारमा ल्याउने भएका छन । यसअघिनै झोर्ले है बोलको गीत बजारमा आएर निकै सफल भईसकेको थियो । उक्त गीत थुप्रै अवार्डमा समेत मनोनयनमा पर्न सफल भएको थियो । झोर्ले हैमा जस्तै झोर्ले-२ पनि सोही सफल जोडीले स्वर भर्ने भएको छ । उक्त गीतमा गायक बालचन्द्र बराल र गायिका राधिका हमालको स्वर रहने छ ।

झोर्ले-२ को लय कुमार बस्नेतले तयार गरेका हुन भने मोहन बमरेल र इश्वर न्यौपानेको शब्द र प्रस्तुती रहेको छ । गायक बालचन्द्र बरालले निरन्तर रुपमा नयाँ नयाँ प्रतिभासँग सहकार्य गर्दै अघी बढीरहेका छन र जस्मा आफुले थुप्रै सफलता हासिल गरेको बरालको भनाई छ । दसैं गीत नरोउ आमा र सँगै तिहार बिशेष गीतलाई दर्शक / श्रोताले राम्रो साथ दिएकोले यो गीतलाई पनि राम्रो साथ मिल्नेमा सप्तरङी म्युजिक प्रालीका बजार ब्यवस्थापक कमल न्यौपाने बताउँछन ।

गीतले सबैको मन छुने र सबै गीतमा रमाउने उनको भनाई छ । इश्वर न्यौपाने र मोहन बमरेल हाल कामको शिलशिलामा दुबईमा बसेर पनि साङगितिक यात्रा तय गर्दैछन । आफ्नो पहिलो कोशेली स्वरुप झोर्ले-२ बजारमा ल्याउन सँघर्ष गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment