Comments Add Comment

लक्ष्मीजयन्तीको अवसरमा कतारमा कविता वाचन कार्यक्रम

Laxmi-jayanti

दिलिप पराजुली

दोहा । महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्म जयन्तीको अवसर पारेर गत शुक्रबार दोहाको मज्जा रेष्टुरेन्टमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर, नवोदित साहित्यिक वाचनालय, कतार तथा संध्या ग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक साहित्यिक पत्रिका अलखोरको संयुक्त आयोजना साथै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सहयोगमा १०६ औँ लक्ष्मी जयन्ती समारोह-२०७२, अन्तर्गत अनेसास-नबोदित साहित्यिक वाचन स्वर्ण जयन्ती ५१ औँ डवली र कवि एवं सांस्कृतिक चिन्तक विश्वभक्त दुलाल ‘आहुति’को स-शूल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथी कवि एवं सांस्कृतिक चिन्तक ‘आहुती’द्धारा ब्यानर उद्घाटन, दीप प्रज्वलन र देवकोटाको तस्वीरमा माल्यर्पण गरे पछि कार्यक्रम सुरु भएको थियो । थर्चा लामाले स्वागत मन्तब्य राखेका थिए भने, कार्यक्रमको बारेमा कवि सिताराम थापाले प्रस्ट पारेका थिए । अनेसास, कतार र नवोदित, कतारले बिगत ५० महिनादेखि महिनाको हरेक शुक्रबार श्रृंखलाबद्ध साहित्यिक डबली संचालन गर्दै आईरहेको छ ।

यो पटक ५१ औँ डबली सम्पन्न गरेको छ । कार्यक्रमको अर्को सेसनमा कवि एवं सांस्कृतिक चिन्तक विश्वभक्त दुलाल ‘आहुति’को स-शूल्क एकल कविता वाचन कार्यक्रम रहेको थियो । स-शूल्क कविता वाचनको निम्ति कतारी रीयाल ५० को टिकट दर राखिए पनि २५० भन्दा धेरै दर्शकहरुले भरिएको थियो । महाकवी लक्ष्मीप्रसाद देवकोटाको बारेमा प्रष्ट पार्दै आˆना १७ वटा कविता वाचन गरेका थिए । उनले ‘ताराबाजी लै लै’ बाट वाचनको ढोका खोले । नेपाल अमेरिका एक्सप्रेस, नारी, कृपया मलाई टाउको देउ, मरेको घोडामाथी बसेको बादशाहका विरुद्ध, घाईने वार्डको प्रश्न, लक्ष्मीनिया ∕ तिम्रो लोटा खै ?, जुद्ध वारुणयन्त्र, तुच्छ जीवनको महान गाथा, किरो, बाइसौं शताब्दीमा, निधाएर जुलुसमा हिडिरहेको मानिस, गणतन्त्रको क्षेत्रफल, मिस्टर योद्धा, सेतो आतङ्ककारीलाई रातो आतङ्ककारीको जवाफ, आजादहरु, र गहुगोरो अफ्रिका शिर्षकका कविताहरु वाचन गरे ।

वाचन कार्यक्रमको बिट मार्ने क्रममा कवि आहुतिले नेपाल बाहिर चार वटा नेपाल रहेको जिकर गरे । पहिलो हङकंङ, दोस्रो खाडि लगायत मलेसीया, तेस्रो भारत र चौथो युरोप अमेरीका । यी चार नेपालमा नेपाली भाषा, साहित्य र संस्कृतिको अथाह प्रेमलाई नेपाल सरकारले उचित सम्मान गर्न नसकेको र प्रवासी साहित्यलाई जगेर्णा गर्न कुनै निकाय नभएको गुनासो गरे । नेपाल फर्केपछि प्रज्ञा प्रतिष्ठान र सरकारको सम्बन्धित् निकायमा प्रवासीहरुको यो पाटोलाई सम्बोधन गर्न प्रभावकारी भुमिका खेल्ने बताए । आयोजक संस्थाहरुबाट कार्यक्रममा कवि र साहित्यको सम्मान गर्दै मानार्थ सदस्यता सहित ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment