Comments Add Comment

गीतकार लोकराज अधिकारी अब निर्देशक पनि

Lokraj-Adhikari

  • म्युजिक भिडियो निर्देशन गर्दै लोकराज अधिकारी (दायाँ)

पत्रकार एवम् गीतकार लोकराज अधिकारी अब निर्देशकका रुपमा पनि देखा परेका छन् । शिव परियारले गाएको ‘जस्लाई मैले जीवन सम्झे उहि टाढा भई’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेर अधिकारीले भिडियो निर्देशकको परिचय थपेका हुन् ।

संजय आचार्यको शब्द र गोविन्द मधुर आचार्यको संगीत रहेको यो गीतलाई अजय रेग्मीले छायांकन गरेका छन् । भिडियोमा संजय आचार्य र रचना थापाले अभिनय गरेका छन् ।

अर्जुन पोख्रेलले सम्पादन गरिरहेको भिडियो एकसाता भित्रै सार्बजनिक गरिने निर्देशक अधिकारीले जानकारी दिए । अधिकारीले यसअघि नाटक एवम् ठूलो तथा सानो पर्दामा अभिनयको अनुभव संगालेका छन् ।

रेडियो सगरमाथामा कार्यरत अधिकारीले भने, ‘मसँग पहिले म्यूजिक भिडियो निर्देशनको अनुभव थिएन । यो नै पहिलो निर्देशन हो । तर, मैले मेरो सृजनात्मक क्षमतालाई उतार्ने कोशिस गरेको छु ।’

आफ्नो पहिलो भिडियो निर्देशनलाई दर्शकले रुचाउने उनले विश्वास व्यक्त गरे । भिडियो सार्वजनिक भएपछि आउने प्रतिकृया पछि अरु भिडियो निर्देशन गर्ने कि नगर्ने भन्नेबारे सोच्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment