Comments Add Comment

महोत्तरीको बर्दीवासमा प्रभु बैंकको शाखा

prabhu--branch,-bardibash८ मंसिर, काठमाडौं । प्रभु बैंकले महोत्तरीको बर्दीवासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कामु निर्देशक रामहरि न्यौपानेले शाखा कार्यालयको उद्घाटन गरे ।

किष्ट बैंकसँग मर्ज भएपछि जनकपुरमा रहेमा दुईमध्ये एउटा शाखालाई बर्दीवासमा सारिएको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालय पनि क्रमश स्थानान्तरण गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

नयाँ-नयाँ ठाउँमा शाखा कार्यालय स्थापना हुँदा प्रभू बैंकको सेवा विस्तार हुने क्रम जारी छ । यसले ग्राहकहरुलाई सरल र सहज बैंकिङ सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।  बैंक ग्राण्ड बैंकसँग मर्जरको प्रक्रियामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment