Comments Add Comment

सुपाडीको चलखेलमा उद्योगपतिको नाम मुछियो

८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमाथि सुपारी निकासीका लागि उत्पतिको प्रमाणपत्र जारी गर्दा आर्थिक चलखेल गरेको आरोप लागेको छ ।

Pashupati-Murarka
पशुपति मुरारका

सुपारी उत्पादक किसानहरुसँग सम्बद्ध विभिन्न संस्थाले नेपाल सुपारी विकास संस्थालाई मात्र उत्पतिको प्रमाणपत्र दिएर महासंघले आर्थिक चलखेल गरेको आरोप लगाएका हुन् ।

राष्ट्रिय सुपारी खेती प्रवर्द्धन एवम् कृषि विकास संघ झापा, मेची सुपारी तथा फलफूल विकास संस्था झापा र फेयर नेपाल मोरङले काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघका केही अधिकारीले आर्थिक प्रलोभनमा परी एउटा मात्र संस्थालाई निकासी अनुमति दिएको दाबी गरेका हुन् ।

ती संस्थाका प्रतिनिधिहरुले अख्तियार र सर्वोच्च अदालतको आदेश विपरीत महासंघका कार्यसमितिको बैठक नै नबोलाई अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु भवानी राणा र दिनेश श्रेष्ठलगायतले आर्थिक चलखेलमा एउटा मात्र संस्थालाई निकासीको अनुमति दिएको आरोप लगाए ।

महासंघले गत वर्ष नै सेन्डिकेट तोडेर सुपारी निकासी सहज बनाउने प्रतिबद्धता जनाए पनि नेपाल सुपारी विकास संस्थालाई मात्र उत्पतिको प्रमाणपत्र दिएकाले आन्दोलन थालिएको सुपारी तथा फलफूल विकास सस्था झापाका अध्यक्ष खड्गप्रसाद दाहालले बताए ।

महासंघको निर्णयका कारण ९ हजार ७ सय ७२ मेट्रिक टन सुपारी कुहिने अवस्थामा पुगेको राष्ट्रिय सुपारी खेती प्रर्वद्धन संघका अध्यक्ष विष्णु शिवाकोटीले बताए ।

सुपारी तस्करी गर्ने योजनाअनुरुप महासंघले वास्तबिक किसानलाई बेवास्ता गरेको ती संस्थाहरुको आरोप छ । महासंघको निर्णय विरुद्ध किसानहरु अहिले रिले अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment