Comments Add Comment

सेयर बजारमा ९ अंकको गिरावट, टेलिकमको सेयर ४३ रुपैयाँले घट्यो

७ मंसिर, काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक ९ अंकले घटेको छ । विकास बैंकबाहेक अन्य सबै समूह ओरालो लागेपछि बजार १ हजार ६६ दशमलव ६९ अंकमा आएर बन्द भयो ।

Nepseकारोबार सुरु हुँदा उतार चढाव देखिएको बजार पछि भने निरन्तर घट्यो । मंगलबार सबैभन्दा बढी नेपाल टेलकम सूचीकृत अन्य समूहको सूचक ५० दशमदव ५१ अंकले ओर्लियो ।

नेपाल टेलिकमको सेयर मूल्य मात्रै प्रतिकित्ता ४३ रुपैयाँले घटेको छ । यसैगरी बिमा समूह ३२ दशमलव २२ अंकले ले ओरालो लाग्दा होटल ७ दशमलव ४७, बैंकिङ २ दशमलव ९१ अंक, जलविद्युत् १ दशमलव ५६ र फाइनान्स समूह २ दशमलव ३५ अंकले घट्यो । विकास बैंक समूह भने ० दशमलव १५ अंकले उक्लियो ।

दिनभरमा १ सय ११ कम्पनिका ४  लाख ४९ हजार कित्ता सेयर कारोबार भए । मंगलबार २१ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा अपी हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment