Comments Add Comment

नेपालीलाई नेपाल बाहेकका देशले मान्छे सोचेनन्ः बद्री पंगेनी (भिडियोसहित)

badri-pangeni
चलचित्रकर्मीहरुले आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पुगेका लोकगायक बद्री पंगेनीले नेपालीलाई नेपाल बाहेकका देशका मान्छेले मान्छे नै नगनेको बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै लोकगायक बद्री पंगेनीले नेपालको कुरा संयुक्त राष्ट्र संघले पनि नसुनेको बताए । उनले नेपालका मान्छेलाई भारतले सधै हेपेको भन्दै औषधी हाहाकार हुँदा पनि नाकाबन्दी गर्दै आएको बताए ।

भारत र बेलायत मिलेर व्यापारिक सम्झौता गरेपछि बेलायतले नेपालसँग ऐतिहासिक सम्बन्धलाई विर्सदै विज्ञप्ती निकालेको पनि स्मरण गराए । राष्ट्रियताका लागि नेपालीहरु नै अगाडि बढ्नुपर्ने भन्दै उनले नेपालले अरुको मुख ताकेर अब नहुने बताएका छन् ।

उनले नेपालका नेता भन्दा कलाकारलाई जनताले पत्याउने भन्दै आफूहरुले सुरु गरेको जागरण अभियान प्रभावकारी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment