Comments Add Comment

एनआरएन युएईद्वारा देउसी भैलोबाट संकलन गरेको रकम अनाथालयलाई प्रदान

NRN-UAE-HELPS-toरामप्रसाद ढुंगेल
यूएई । एनआरएन युएईले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम ललितपुरको नख्खुमा रहको बाल छहारी नामको अनाथालयलाई सहयोग गरेको छ । गत तिहारमा एनआरएन यूएईले देउसी भैलोबाट २२ सय दिराम संकलन गरेकोमा बाँकी २८ दिराम संस्थागत रुपमा थपेर ५ हजार दिराम अर्थात १ लाख ४० हजार रुपैयाँ उक्त अनाथालयलाई सहयोग गरेको हो ।

अनाथालयमा रहेका २१ ज्ाना बालबालिकाहरु बसेको घर भूकम्पले क्षतिग्रस्त भएकोमा नयाँ भवनमा सर्न र उक्त अनाथालयका बालबालिको खाद्यान्य तथा अन्य क्रियाकलापमा सहयोग पुगोस् भनी रकम सहयोग गरेको एनआरएन यूएईका उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा एनआरएन एनसीसीको तर्फबाट उपाध्यक्ष श्रेष्ठ, केन्द्रीय सदस्यद्वय निर्मल पोखरेल, ऋषि बस्याल लगायत उपस्थित थिए । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण नवस्थापित पाइला नामको गैरसरकारी संस्थाकी आकृति पालिखेले गरेकी थिइन् । पाइला र एनआरएनयूएईको सहकार्यमा सहाराविहीन बालबालिकाहरुलाई आगामी दिनमा यस्तै प्रकृतिको सहयोग गर्ने सम्झौता पनि भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बाल छहारीको तर्फबाट कोषाध्यक्ष पुरुषोत्तम केसी, सदस्य प्रवीन लोहार, बालछराहीका प्रतिनिधि श्याम विसुंखेले एनआरएन यूएईको मानवीय सहयोगका लागि धन्यवाद दिएका थिए । कार्यक्रममा दाताको तर्फबाट श्रेष्ठले उक्त अनाथालयलाई मासिक रुपमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment