Comments Add Comment

हेटौंडामा हुने भनिएको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल स्थागित

८ मंसिर, हेटौंडा । भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय आमन्त्र गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म अन्तर्राष्ट्रियस्तरको आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्नेे तय भएको थियो ।

तर, देशको वर्तमान असहज परिस्थितिका कारण प्रतियोगिता अर्को मिति नतोकिँदा सम्मलाई स्थगित गरिएको प्रतिष्ठान अध्यक्ष भेष खड्कीले जानकारी दिए ।

देशमा आपूर्ति व्यवस्था सहज भएपछि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगितामा थ्री स्टार, झापा-११, भारतको कञ्चनजंघा, भुटानको सीएमसी, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीको नेपाल पुलिस क्लब सहित विभिन्न स्थानीय टिमले सहभागिता जनाउने तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment