Comments Add Comment

यी हुन् रिमोट चलाएर उपभोक्ता ठग्ने पेट्रोल पम्प र सञ्चालकहरु

Petrol Thagi (3)

पुष्प दुलाल

८ मंसिर, काठमाडौं । महानगरीय प्रहरी अपराध अनुसन्धान महशाखाले रिमोट कन्ट्रोलमार्फत उपभोक्तामाथि ठगी गर्दै आएका १९ पेट्रोलपम्प सिल गरेको छ । ठगी गर्ने यन्त्र जोडेपछि १०० लिटर तेल भर्दा सुइरो १०० लिटर देखाउने तर उपभोक्ताले ९६ लिटरमात्रै तेल पाउने तथ्य प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

यन्त्र जोडेर ठगी गरेको पुष्टि भएपछि प्रहरीले १९ वटा पेट्रोल पम्पमा छापा मारेपनि ७ पेट्रोलपम्पका ७ जना सञ्चालकलाई मात्रै नियन्त्रणमा लिन सफल भएको छ । अन्य पम्पका सञ्चालकहरू भने प्रहरीले छापा मार्ने सुइँको पाएपछि पम्प बन्द गरेर भागेकाले पक्राउ गर्न नसकिएको महाशाखाका एसएसपी सर्भेन्द्र खनालले जानकारी दिए ।

कुन-कुन पम्पका सञ्चालक प्रहरी नियन्त्रणमा ?

प्रहरीले एकान्तकुनास्थित गायत्रीदेवी आयल स्टोरका सञ्चालक ४० वर्षीय शैलेन्द्रनाथ बादे, सातदोबाटेस्थित श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्सका ३५ वर्षीय सञ्चालक शिव तिमल्सिना, बालकुमारीस्थित युनिक फ्यूल स्टोरका ४८ वर्षीय सञ्चालक गोपाल महर्जनलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्- रिमोट चलाएर पेट्रोल पम्पले यसरी ठग्छन् उपभोक्ता

त्यसैगरी, सानेपास्थित त्रिशक्ति फ्यूल सेन्टरका ३४ वर्षीय सञ्चालक युनुष प्रधान, बालाजुस्थित क्रिष्टल फ्यूल सप्लायर्सका ४७ वर्षीय सञ्चालक कल्याण खड्का, भक्तपुरको भक्तपुर फ्यूल सेन्टरका ४९ वर्षीय पुण्यराम बखाडेया, सानोभर्‍याङस्थित न्यू बंगलामुखी पेट्रोल पम्पका ३२ वर्षीय सञ्चालक, सीताराम घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

यी पम्पका सञ्चालकलार्इ प्रहरीले भेटेन

त्यसैगरी, प्रहरीले सामाखुसीस्थित विद्या आयल स्टोर, सतुंगलस्थित डिएम पेट्रोल पम्प, चावहिल गोपीकृष्णस्थित राजधानी आयल, गोंगबुस्थित पुजाकोठी आयल स्टोर, कलंकीस्थित सीता आयलस्टोर, नैकापको अब्मे आयल र नागढुंगाको सूर्य आयल स्टोरमा प्रहरीले ठगी गरेको भन्दै सिल गरेको छ ।

 यो पनि पढ्नुहोस् –  रिमोट चलाएर उपभोक्ता ठग्ने १७ पेट्रोल पम्प सिलबन्दी 

केही पेट्रोल पम्पका सञ्चालकहरु भने प्रहरीले छापा मार्ने सुइँको पाएपछि भागेकाले पक्राउ गर्न नसकिएको तर खोजीकार्य तीब्र भइरहेको खनालले बताए । कम तेल झर्ने यन्त्र जोडेर उपभोक्तालाई ठगी गरेको प्रमाणसहित प्रहरीले छापा मारेको एसएसपी सर्भेन्द्र खनालले जानकारी दिए ।  यसलार्इ प्रहरीले  ‘एन्टि क्राइसेस मंगर’ अधियान नै सञ्चालन गरेको छ ।

थप ५ पेट्रोल पम्पमा शंकास्पदको सूचीमा

प्रहरीले अन्य ५ वटा पेट्रोल पम्पमा छापा मारेर शंकास्पदको दायरामा राखेको जनाएको छ । अपराध अनुसन्धान महाशाखाले मंगलबार पत्रकार उपभोक्ता ठगीमा संलग्नलाई सार्वजानिक गरेको हो । ठगी गर्ने यन्त्र जोड्ने मिस्त्रीहरुलाई भने प्रहरीले फोटो सार्वजानिक गरेपनि पेट्रोल पम्स सञ्चालकहरुको फोटो भने खिच्न दिइएन ।

ठगी गर्ने मेसिन जोड्ने भारतीय मिस्त्री
काठमाडाैं उपत्यकाका पेट्रोल पम्पमा रिमोटले चल्ने यन्त्र जडान गरेर उपभोक्ता ठगी गर्ने कार्यमा भारतीयहरूको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ  । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेका ५ जना मिस्त्रीमध्ये ४ जना भारतीय नागरिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment