Comments Add Comment

यस्तो छ, अोली सरकारले जारी गरेको श्वेतपत्र (पूर्णपाठसहित)

Bishnu Poudel shwait-patra

पुष्प दुलाल/नविन अर्याल

८ मंसिर, काठमाडौं । सरकारले श्वेतपत्र जारी गरी विद्यमान आर्थिक अवस्थाको बारेमा जनतालाई जानकारी गराएको छ । अर्थमन्त्री विष्णु पौडेलले साँझ साढे ७ बजे अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजानिक गरे ।

मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो । यसअघि नै प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा गरेको सम्धोनमा पनि सरकारले चाँडै श्वेतपत्र जारी गर्ने जनाएका थिए ।

केहीदिन अघि मात्रै सरकारको सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पनि तत्काल श्वेतपत्र जारी गरी विद्यमान अवस्थाको बारेमा जनतालाई जानकारी गराउन सरकारलाई सुझाएको थियो ।

१ सय २ दिनदेखि जारी मधेस आन्दोलन र असोज ६ गतेदखि जारी भारतीय नाकाबन्दीका कारण मुलुकको आर्थिक अवस्था निकै जर्जर बनेको र जनताको जनजीबन अस्तव्यस्त भएको श्वेतपत्रमा उल्लेख छ । बन्द, हड्ताल र अापूर्ति व्यवस्था सहज नबनेमा अार्थिक अवस्थामा अझ संकुचन अाउने अर्थमन्त्री पाैडेलले बताए ।

सरकारले श्वेतपत्रमार्फत यो वर्ष २ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने संसोधित अनुमान गरेको छ । यो वर्ष ६ प्रतिश आर्थिक वृद्धि प्राप्त गर्ने सरकारी लक्ष्य थियो । तर, राष्ट्र बैंकले केही दिनअघि सार्वजानिक गरेको अनुसन्धान प्रतिवेदनमा आर्थिक वृद्धिदर ऋणात्मक हुने उल्लेख गरेको थियो ।

सामान्यतया अर्थ मन्त्रालयले राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनलाई आफ्नो आधिकारीक दस्ताबेज मान्ने चलन छ । तर, यो सरकारले भने त्यसो गरेन ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण बजेट खर्च हुन नसक्दा आर्थिक गतिविधि हुन नसकेको अर्थमन्त्री पौडेले बताए । चालू आर्थिक वर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्ममा विनियोजिन बजेटको ४.१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको र भूकम्पको पुननिर्माणका लागि छुट्याइएको ७४ अर्ब रुपैयाँ समेत खर्च हुन नसकेको श्वेतपत्रमा उल्लेख छ ।

७ लाख गरिब थपिए, पहाडमा धेरै

श्वेतपत्रमा जारी असहज परिस्थितिबाट ७ लाख गरिब थपिएको उल्लेख छ । यसरी थपिएको गरिबीमध्ये पनि ६० प्रतिशत मध्यपहाडी र हिमाली क्षेत्रमा थपिएको सरकारको अनुमान छ । जसले गर्दा २०२२ सम्ममा अतिकम विकसित देशबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने र २०३० सम्ममा मध्यम आय भएका देशमा स्तरोन्नति हुने लक्ष्य प्राप्त गर्न चुनौतिपूर्ण भएको  श्वेतपत्रमा उल्लेख छ ।

उर्जामा निकै जोड

सरकारले उर्जा संकटकाल घोषणा गरी परियोजनाहरु तीब्र गतिमा अघि बढाउने घोषणा गरेको छ । सोलारबाट यसैवर्ष २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइन्मा जडान गर्ने र थप २ सय मेगावाट थप गर्ने पनि सरकारी घोषणा छ । त्यसैगरी एक वर्षभित्र निजी प्रवर्द्धकहरुबा १ सय ५५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने बताइएको छ ।

भूकम्प पीडितलाई तत्काल पहिलो किस्ता

सरकारले भूकम्प पीडितलाई दिने २ लाख राहतको पहिलो किस्ता तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । पूर्णरुपमा घर क्षति भएको पीडितलाई सामुहिक जमानीमा ३ लाख सम्म सहुलियत दरमा ऋण उपलब्ध गराउने पनि घोषणा गरेको छ । त्यसैगरी भूकम्प पीडितलाई जाडोमा न्यानो कपडा किन्नका लागि १० हजार रुपैयाँ अनुदान दिने पनि सरकारी घोषणा छ ।

उद्योगी व्यवसायीलाई राहत प्याकेज

सरकारले उद्योगी तथा किसानले लिएको ऋणको साँवा व्याज भुक्तानीको पुनर्तालिकीकरण र ब्याजको केही अंश समेत छुट दिने घोषणा गरेको छ । यो सुविधा पर्यटन उद्योग, उत्पादनमुलक उद्योग, दूध, तरकारी र मासु उत्पादक किसानले प्राप्त गर्ने अर्थमन्त्री विष्णु पाैडेलले बताए ।

लामो समयदेखि उद्योग व्यवसाय ठप्प हुँदा बैंकको ऋण तिर्न र तलब खुवाउन उद्योगी व्यवसायीलाई हम्मे हम्मे परिरहेको छ । उद्योग व्यवसायको पुनरुद्धार र पुनस्र्थापनाका लागि नेपाल राष्ट्र बैंकमा रहेको पुनरुद्धार कोषको समेत उपयोग गर्ने घोषणा गरेको छ ।

भारतीय नाकाबन्दीका कारण लामो समयदेखि कोलकत्ता बन्दरगाह तथा सीमा क्षेत्रमा रोकिएका कन्टेनरहरुको व्यवसायीहरुले व्यहोर्नुपरेको अतिरिक्त विलम्ब शुल्क र पार्किङ शुल्क समेत छूट गराउन सरकारले कुटनीतिक पहल गर्ने भएको छ ।

तेल भर्न लामो लाइन बस्न नपर्ने

रकारले इन्धन भर्नका लागि लामो समय लाइन बस्नु नपर्ने घोषणा गरेको छ  । सरकारले सवारी साधनलाई इन्धन प्राप्त हुने समय र स्थानको बारेमा जानकारी सहितको टोकन उपलब्ध गराउने हुादा लामो समय  लाइन बस्नु नपर्ने अर्थमन्त्रीले बताए । पेट्रोलियम पदार्थको अनाधिकृत सञ्चय गर्ने र सरकारले तोकेको मापदण्ड विपरित बिक्री वितरण गर्ने व्यक्ति तथा समुहको निगरानी गरी कडा कारबाही गर्ने सरकारले बताएको छ ।

सरकार गंभीर देखिएन

सरकारले श्वेतपत्रमार्पफत निकै अाकर्षक योजनाहरू सार्वजानिक गरेपनि जनताको दैनिक जनजीबनसँग सरोकार राख्ने विषयमा सरकारले गंभीरतापूर्वक सम्बोधन गर्न सकेको भने देखिँदैन । जारी असहज परिस्थितिका कारणा ५ लाखभन्दा बढी मजदुरले रोजगार गुमाएका छन् । उनीहरूको समस्याका विषयमा सरकारले केहीपनि बोलेकाे छैन ।

त्यसैगरी, इन्धन संकट टार्न कहाँबाट कसरी इन्धन ल्याएर जनतालार्इ दिने भन्ने बारेमा पनि सरकार माैन छ । त्यसैगरी, अहिलेको समस्या समाधान गर्न सरकारले अागामी दिनमा के गर्छ भनेर प्रष्ट खाका पनि प्रस्तुत गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment