Comments Add Comment

सबै भौगोलिक क्षेत्रमा पेट्रोलियम भण्डारण गर्ने सरकारको घोषणा

८ मंसिर, काठमाडौं । सरकारले सबै भौगोलिक क्षेत्रमा पेट्रोलियम भण्डारणको व्यवस्था गर्ने घोषणा गरेको छ । भारतीय नाकाबन्दीपछि देशमा चरम इन्धन संकट भएपछि सरकारले श्वेतपत्रमार्फत यस्तो घोषणा गरेको हो ।

Nepal-oil-Dipoमंगलबार बेलुकी अर्थममन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेेलले जारी गरेको श्वेतपत्रमा प्रत्येक भौगालिक क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण गर्न पूर्वाधार विकास गर्ने उल्लेख छ ।

यसैगरी पेट्रोलिय पदार्थको आयातमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने तथा अन्य विदेशी कम्पनीसँग पनि खरिदको समझौता गर्ने घोषणा पनि सरकारले गरेको छ ।

बैकल्पिक भन्सार नाका र ढुवानीका प्रमुख मार्गहरु तत्काल मर्मत गरी इनधन लगायत उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने र नेपालको ब्यापार विविधीकरण गरी सम्भावना भएका नयाँ नाका जोड्ने सडकहरु स्तरोन्नती गर्ने पनि श्वेतपत्रमा उल्लेख छ ।

विद्युतीय सामग्री र विद्युतीय खाना पकाउने यन्त्रको आपूर्तिमा जोड दिने घोषणा पनि भएको छ । यसैगरी पेट्रोलियम पदार्थको वितरण पारदर्शी बनाउने, कालोबजारीमा संलग्नलाई कारवाही गर्ने, ग्यास, मटितेल र दाउराको वितरण सहज बनाउने, बैकल्पिक उर्जाका साधनलाई प्राथमिकता दिने लगायत योजना पनि सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment