Comments Add Comment

सरकारको घोषणा : तेल भर्न लामो लाइन बस्न नपर्ने

Petrol Line (17)
फाइल तस्वीर/अनलाइनखबर

८ मंसिर, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ निश्चित मापदण्ड बनाई व्यवस्थित रुपमा बिक्री वितरण गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणासँगै अब इन्धन भर्नका लागि लामो समय लाइन बस्नु नपर्ने भएको छ ।

सरकारले सवारी साधनलाई इन्धन प्राप्त हुने समय र स्थानको बारेमा जानकारी सहितको टोकन उपलब्ध गराउने हुँदा लामो समय लाइन बस्नु नपर्ने भएको हो ।  इन्धन बिक्री वितरण हुने स्थान, मूल्य, परिमाण र समय तालिका सर्वसाधारणको जानकारी एवं सुविधाका लागि अनलाइन माध्यमबाट अगि्रम सार्वजनिक गर्ने सरकारको योजना छ ।

पेट्रोलियम पदार्थको अनाधिकृत सञ्चय गर्ने र सरकारले तोकेको मापदण्ड विपरित बिक्री वितरण गर्ने व्यक्ति तथा समुहको निगरानी गरी कडा कारबाही गर्ने सरकारले बताएको छ ।

दैनिक आयात एवं मौज्दातको आधारमा क्षेत्रगत प्राथमिकता निर्धारण गरी पारदर्शी रुपमा प्रत्येक परिवारले ग्याँस पाउने प्रबन्ध सरकारले मिलाउने भएको छ । यस्तै खाना पकाउने ग्याँसको अभाव पूर्ति गर्न मट्टतिेल र दउरा समेत बिक्री वितरणको प्रवन्धलाई थप व्यवस्थित गर्ने सरकारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment