Comments Add Comment

सरकार आफैं रोक्छ विद्युतीय बस

९ मंसिर, काठमाडौं । अहिले होस वा पहिलेका जुनसुकै सरकार वातावरणमैत्री विद्युतीय साधनको वकालत गर्न चुक्दैनन । सरकार प्रमुख हुन वा सरोकारवाला मन्त्रालय नेतृत्वको भाषणमा विद्युतीय साधन प्रवर्द्धन गर्ने प्रतिबद्धता छुट्दैन । तर, व्यवहार विद्युतीय साधनमैत्री देखिएको छैन् ।

नाकाबन्दीले इन्धन अभाव भएपछि देशभरको सवारी आवागमन प्रभावित छ । नेपालभर चल्ने ९९ प्रतिशतभन्दा बढी सवारी डिजेल र पेट्रोलबाट चल्छन् । वातावरणीय दृष्टिले विद्युतीयभन्दा यी साधन प्रदूषक पनि मानिन्छन । तर पनि सरकारले ती साधनलाई कहिल्यै वातावरणमैत्री नदेखेको नागरिकमा खबर छ ।

सार्वजनिक सवारीका रुपमा विद्युतीय बस सञ्चालन गर्न सरकारले अहिले पनि विभिन्न बहाना बनाएर अवरोध गरिहेको छ । यस्ता साधनका आयातकर्ता सरकारी रबैयाबाट आजित छन् । पाँच वर्षअघि काठमाडौंमा विद्युतीय बस भित्रिए पनि सरकारले विभिन्न बाहनामा सवारी सञ्चालन अनुमतिपत्र दिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment