Comments Add Comment

मधेस आन्दोलनले तराईका स्वास्थ्य संस्था ठप्प

९ मंसिर, काठमाडौं । तरार्इमा जारी अान्दोलन तथा पछिल्लाे समय भएका हिंसात्मक घटनाले त्यस क्षेत्रका स्वास्थ्य संस्था प्राय ठप्प भएका छन् ।

 राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गत आइतबार भएको प्रहरी लाठीचार्जको विरोधमा मंगलबार पनि जिल्लाका सबै स्वास्थ्य संस्था ठप्प रहे ।

जिल्लाका सुरक्षा प्रमुखलाई कारबाही, घाइतेको उपचार र पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहने अस्पतालका निमित्त प्रमुख डा. दीपा यादवले बताएको नयाँ पत्रिकामा खबर छ ।

सोमबार साँझदेखि अस्पताल प्रांगणमा टेन्टभित्र आकस्मिक सेवा सञ्चालनमा ल्याइए पनि जिल्लाका अन्य स्वास्थ्य केन्द्र ठप्प छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment