Comments Add Comment

हेलिकप्टर व्यवसायी बनवारीलाल मित्तलको निधन

९ मंसिर, काठमाडौं । वरिष्ठ उद्यमी एवं श्री एयरलाइन्सका अध्यक्ष बनवारीलाल मित्तलको बुधबार बिहान एक बजे निधन भएको छ । तीन महिनादेखि अस्वस्थ रहेका मित्तल भारतको मेदान्त अस्पतालमा उपचार गराएर दुईदिन अघि सोमबार मात्र नेपाल फर्किएका थिए ।

Banbarilal-Mitta७९ वर्षका मित्तल काठमाडौंको ज्ञानेश्वर निवासी हुन् । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

माडवारी समुदायमा जन्मिएका बनवारीलाल मित्तलको पुर्ख्यौली व्यवसाय हो ठेक्कापट्टा, आयात निर्यात र कपडा व्यापार । वि.सं. २०१३ सालमा उनी निर्माण व्यवसायतिर लागे ।

मित्तलले १६ वर्ष अगाडि हेलिकप्टर व्यवसाय सुरू गरेका थिए । उनको सबैभन्दा सफल व्यवसाय पनि हेलिकप्टर सेवा नै बन्न पुग्यो । श्री एयरलाइन्स नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी हो ।

उनका २ वटा हेलिकप्टर संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका छन् । केही समय अगाडि अनलाइनखबरमा अन्तर्वार्ता दिँदै मित्तलले दक्षिण एशियाबाटै निजी क्षेत्रबाट युएनको शान्ति मिसनमा हेलिकप्टर पठाउने श्री एयरलाइन्स पहिलो कम्पनी भएको बताएका थिए ।

मित्तल नेपाल चेम्बर अफ कर्मसको दुई पटक नेतृत्व सम्हालेका थिए भने नेपाल निर्माण व्यवसायी संघ (हालको नेपाल निर्माण व्यवसायी महासंघ)का संस्थापक अध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य र नेपाल उद्योग परिसंघका संस्थापक सदस्य समेत रहेका थिए ।

यतीमात्र होइन, मित्तल मारवाडी सेवा समिति नेपालको पूर्व अध्यक्ष, नेपाल राष्ट्रिय मारवाडी परिषदको सल्लाहाकार, नेपाल आँखा अस्पतालको संस्थापक अध्यक्ष, पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्ष लगायत दर्जनाैं संघ संस्थामा रहेर काम गरेका थिए । उनी व्यवसायीमात्र नभर्इ सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै अाएका थिए ।

उनी निर्माण व्यवसाय, एयरलाइन्स, चिया, शिक्षण संस्था लगायतको व्यवसायमा संलग्न रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment