Comments Add Comment

न त हाम्रा पुर्खा झुके न हामी झुक्छौ-पूर्वमन्त्री गुरूङ

Span

वसन्त रानाभाट

स्पेन । नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्व वन तथा भू-संरक्षणमन्त्री किरण गुरुङले भारतसँग कुनै पनि हालतमा झुक्न नहुने बताएका छन्। नेपालमा नयाँ संबिधान जारी भए पछि असन्तुष्टि जनाउँदै, अघोषित रुपमा नाकाबन्धी लगाएको भारत सरकारको नीति प्रति, कडा बिरोध जनाउँदै, गुरुङले यस्तो बताएका हुन्।

प्रबासी नेपाली मञ्च स्पेनले सोमबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले नेता गुरुङले भने,”हिजो हाम्रा पुर्खाले जोगाएको मुलूकलाई हामीले संरक्षण गर्न जरुरी छ, “न त हाम्रा पुर्खा झुके,न हामी नै झुक्छौ”। उनले पहिले पनि मुलुकले नाकाबन्धीको मार खेपि सकेकोले स्मरण गर्दै,मुलुक यसबारे सचेत हुनु पर्नेमा त्यसो हुन नसकेको बताउँदै अब भने यहाँ बाट पाठ सिकेर भारत सँगको परनिर्भरतालाई कम गर्नु पर्ने बताए।

युवा संघ नेपालका विदेश बिभाग प्रमुख सन्तोष रावलले अन्तरक्रिया कार्यक्रममा बोल्दै नाकाबन्धी पछि मुलुकमा कालोबजारी बढेको बताउँदै यसलाई रोक्न युवा संघले पहल गर्ने बताएका छन्। पेट्रोलियम पदार्थ,खाना बनाउँने ग्याँस लगायतका बस्तुहरुमा भएको कालोबजारी रोक्न संघले छिट्टै बैठक गरि ठोस पहल गर्ने प्रतिबद्दता ब्यक्त गरे।

मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मुलुकमा नयाँ संबिधान जारी पछि मधेसमा देखिएको समस्या,भारतले लगाएको अघोषित नाकाबन्धीको बारेमा बक्ताहरुले बोलेका थिए।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,निबर्तमान आईसीसी सदस्य दीपक खरेल, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे ,नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसाल लगायत बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरुले कार्यक्रममा बिचार प्रस्तुत गरे।

दुताबासको माग गर्दै स्पेनमा आउँदा नेताहरु सँग छलफल र नेपालमै पुगेर पटकपटक ज्ञापनपत्र बुझाउँदै आएको भए पनि काम अघि बढ्न नसकेको भन्दै सहभागीहरुले गुनासो ब्यक्त गरेका थिए। कम्तिमा अनलाईन मार्फत एमआरपी फारम भर्ने ब्यबस्था स्पेनका लागि पनि मिलाउँन सके धेरै राहत हुने सहभागीहरुको सुझावलाई आँफुले मनन गरेको बताउँदै नेता गुरुङले यसका लागि पहल गर्ने प्रतिबद्दता ब्यक्त गरे।

भारतले अघोषित रुपमा नाकाबन्धी लगाए पछि मुलुकले ठुलो संकट व्यहोरीरहेको बेला,सोहि विषयमा नै केन्द्रित गर्दै मञ्चका कोषाध्यक्ष दिनेश राज रेग्मीले अन्तरक्रिया कार्यक्रमलाई संचालन गरे।

१ महिने लामो युरोप भम्रणका क्रममा पुर्ब मन्त्री गुरुङ, प्रबासी नेपालीहरु सँग भेटघाट तथा छलफलमा ब्यस्त बनेका छन्। यस अघि पनि बेल्जियम,नेदरल्याण्ड,पोर्चुगल पुगेर उनले अन्तरक्रिया तथा छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment