Comments Add Comment

लगन गाँठो कस्दै सुनिता दुलाल

sunita-dulal-22

काठमाडौं । ‘अब त मैले नि झुम्का लगाउँछु …’ तीजको परिवेशमा सुनिता दुलालले गाएको यो गीतले निकै चर्चा पाएको थियो । विभिन्न गीत र म्युडियोमा अभिनय गर्ने क्रममा विवाहित महिलाले झै टन्न गर गहना लगाएर प्रस्तुत भएपनि रियलमा श्रीमानले दिएको झुम्का लगाउने अवसर पाएकी छैनन् ।

यो वर्ष रियलमै झुम्का लगाउने योजना छ उनको । आगामी वैशाखसम्ममा विवाहको मिति तोक्ने योजनामा रहेकी सुनिताले फ्यानसँग विवाह गर्न लागेको जानकारी दिइन् । तपाइको फ्यान कस्तो हुनुहुन्छ ? आफ्नो हुनेवाला श्रीमानको वारेमा धेरै कुरा खुलाउन चाहन्नन् । ‘उहाँको वारेमा अहिले यति नै, तपाई यति बुझ्नुस् उहाँ सिम्पल हुनुहुन्छ गीत संगीतलाई माया गर्नु हुन्छ ।’

पहिलो भेट कहाँ र कसरि भयो ? ‘त्यो पनि अलिपछि भनौला ।’ अर्को प्रश्नको पनि जवाफ दिन मानिनन् ।

सुनिताको भनाई अनुसार दुबै आ-आफ्नो काममा ब्यस्त छन् । उनी भन्छिन् ‘धेरै भेट हुन्न’ टेलिफोन कुराकानी भने दिनदिनै हुने गरेको बताइन् । धेरै फोन कसले गर्छ ? सुनिता हाँस्दै भन्छिन् ‘धेरै जसो उहाँले नै गर्नुहुन्छ । म पनि गर्छु कहिले काँही ।’

फोनमा धेरैजसो कुराकानी गीत संगीतकै वारेमा हुन्छ । साङ्गीतिक जीवन कस्तो हुँदैछ । प्राय उनको प्रेमीले सोध्ने प्रश्न हो । त्यसपछि स्वास्थ्यको वारेमा कुरा हुन्छ । फोन राख्ने बेलामा उनका प्रेमीले भन्ने रहेछन् ‘स्वास्थको राम्रो ख्याल राख्नु ।’

अहिलेसम्म १० पटकजति रेष्टुरेन्टमा संगै बसेर खाना खाएका छन् । सुनितालाई उनको परिवारले राम्रोसँग चिन्छन् तर, उनी अहिलेसम्म आफ्नो हुनेवाला कर्मघर गएकी छैनन् । उनको प्रेमी पनि उनको घरमा एकपटक मात्रै आएका छन् । एकपटक स-परिवार भेटघाट र कुराकानी भएको छ ।

sunita dulal (3)

फ्यानको बधाई

सुनिता दुलालको फेसबुक पेजमा १० लाख बढी फ्यान छन् । १४ सय त कमेन्ट नै छ । उनको फेशबुक पेजमा कमेन्ट गर्नेहरु मध्ये कतिले लेखेका छन् ‘सुनिता दिदीले बिबाह गर्ने खबर सुनेर खुसी लाग्यो ।’

केहीले शंकाको भाव ब्यक्त गर्दै भनेका छन् । ‘पाँच वर्ष अघिदेखिनै विवाह गर्ने कुरा गर्नु भएको थियो यसपाली त धोका दिनुहुन्न ।’ अनलाइनखबरसँग कुरा गर्दै सुनिताले भनिन् ‘अहँ यसपाली धोका दिन्न झुम्का लगाएरै छाड्छु ।’
विवाह गर्दैमा प्रसंशक घट्ने कुरा उनलाई विश्वास लाग्दैन । उनले विवाह गर्दैछु भनेपछि पनि उनलाई फेशबुकमा पछ्याउनेहरु बढी नै रहेका छन् ।

अनलाइन बुटिकको तयारी

गीत संगीतको अतिरिक्त अनलाइन बुटिकको तयारीमा छिन् उनी । कहाँ कसरि खोल्ने भन्नेमा एकखालको अध्ययन पनि गरिसकेकी छिन् ।

उनका हुनेवाला श्रीमानले पनि अनलाइनबुटिक राम्रो हुने सुझाब दिएका छन् । ‘शायद उहाँले पनि सघाउनु हुन्छ होला ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment