Comments Add Comment

बलिउड ‘मेक इन इण्डिया’को मिसनमा शाहरुख

sharukh

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले भारतीय फिल्म जगत ‘मेक इन इण्डिया’ को पहिलो उदहारण भएको बताएका छन् । उनको भनाई अनुसार बलिउडले भारतीय सिमाना पार गरेर विश्वको हरेक कुनामा भारतीय संस्कृतिको प्रचार गरेको छ ।

‘जब हामी मेक इन इण्डिया’ को कुरा गर्छौं त्यही सामग्रीको वारेमा कुरा गछौर्ं, जुन सामग्री हामी आफै उत्पादन गर्छौं, त्यसमा बलिउड फिल्म पनि पर्छ ।’ शाहरुखले भने ।

उनको भनाई अनुसार भारतीय फिल्म जगत विशेष तरिकावाट ‘मेक इन इण्डिया’ अभियानमा छ । एसोचैम को कफि टेबल बुक लञ्चको अवसरमा शाहरुखले ‘मेक इन इण्डिया’ वारे प्रष्ट पार्दै भने ‘बलिउड फिल्मले हाम्रो संस्कृतिलाई रंगीन बनाएर आफ्नै शैलिमा अगाडि बढाएको छ ।

उनको भनाई अनुसार बलिउडकर्मीले सीमा पार गराएर आफ्नो संस्कृतिको वारेमा ब्याख्या गरेका छन् । पञ्जाबी, हिन्दी, बंगाली लगायत अन्य भाषिक फिल्मकै कारण अन्तराष्ट्रिय दर्शकलाई बलिउडले प्रभाव पार्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment