Comments Add Comment

राप्रपा नेपालको बैठकमा गणेश थापाको राजीनामा माग

ganesh thapa (3)९ मंसिर, काठमाडौं । भ्रष्टाचार गरेको ठहर गर्दै सांसद समेत रहेका एन्फा अध्यक्ष गणेश थापालाई फिफाले १० वर्षे प्रतिवन्ध लगाएपछि राप्रपा नेपालकै बैठकमा उनको राजीनामा मागिएको छ ।

राप्रपा नेपालको राष्ट्रिय परिषद् बैठक मंगलबार सकिएको छ । तर, राप्रपा नेपालले यसबारे केही बोलेको छैन ।

स्रोतका अनुसार राष्ट्रिय परिषदमा पदम ठकुराठीसहितका केही नेताले थापाबारे प्रश्न उठाउँदै राजीनामा मागेका थिए । नेता ठकुराठीले थापालाई सांसदमा कायमै राख्दा पार्टीको हित नहुने चेतावनी दिएका थिए ।

उनले भने, ‘ख्यातिप्राप्त व्यक्तिलाई सांसद बनाउनु त ठिकै थियो । तर, फिफाको एक्सनपछि थापा कलंकित भएका छन् र अब सांसद भइरहनु पार्टीको हितमा हुँदैन । राजीनामा दिनुपर्छ ।’

गणेश थापालाई संसदको लेखा समितिले ५८ करोड भ्रष्टाचार गरेको ठहर गरेकै बेला राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्ले संविधानसभा तथा संसद सदस्यमा नियुक्त गरेको थियो । थापा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाका आफ्नै भाइ समेत हुन् ।

केन्द्रीय परिषद् बैठकमा केही नेताले मोहम्मद विन हमामबाट पैसा लिएर पार्टी चलाएको हो भने भन्नु पर्‍यो, होइन भने गणेशल थापालाई कारबाही गर्नु पर्‍यो भन्ने आवाज उठाएका थिए ।

तर, भेलापछि राप्रपा नेपालले जारी गरेको १० बुँदे काठमाडौं घोषणा पत्रमा थापाबारे केही उल्लेख छैन ।

के हुन्छ सांसद पद ?

फिफाले १० वर्षे प्रतिवन्ध लगाएपछि गणेश थापा स्वत एन्फा अध्यक्षबाट पदमुक्त भएका छन् । तर, संसद सदस्य भने कायमै छन् ।

उनको सांसद पद के हुन्छ भन्ने धेरैलाई जिज्ञाशा छ । यसबारे बुझ्दा संसद सचिवालयका अधिकारी थापालाई फिफाले गरेको कारबाहीबारे कुनै लिखित जानकारी नआएको बताउँछन् ।

नयाँ संविधान अनुसार फैजदारी कसुरमा अयोग्य ठहरिएमा वा कुनै कानूनले अयोग्य ठहर गरेमा संसद सदस्य पद खारेज हुनेछ । यस अनुसार फिफाको निर्णयलाई लिएर कोही अदालत गएमा भने उनको सांसद पद धरापमा पर्ने सक्ने संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment