Comments Add Comment

दीपिकाको अनुमति लिएर मात्र रणबीरले कट्रिनासँग बिहे गर्ने

deepika-ranbir-katrina-fight

मुम्बई । अभिनेता रणबीर कपुरले दीपिका पादुकोणसँग अनुमति लिएर मात्रै कट्रिना कैफसँग विवाह गर्ने बताएकी छिन् । चलचित्र ‘तमासा’ को प्रमोशनमा ब्यस्त यी कलाकारले अहिले अफुहरु रिलेशनमा रहेको पनि स्वीकार्दै आएका छन् ।

मुम्बइमा आयोजित एक कार्यक्रममा दुबैले प्रेम भएको स्वीकारेनन् मात्रै अहिले पनि एक अर्काको सम्झना आउने कुरा गरे । कुराकानीकै क्रममा दीपिकाले भनिन् ‘मेरो अनुमति नलिइकन रणबीरले कट्रिनासँग विवाह गर्न पाउँदैनन् । त्यसो त रणबीरले पनि दीपिकासँग अनुमति लिएरै अघि बढ्ने बताउँदै आएका छन् ।

कुनै वेला रणबीर कपुर र दीपिका रिलेसनमा थिए । तर, पछिल्लो समय दीपिकाको सम्बन्ध रणबीर सिंहसँग छ भने रणबीरको सम्बन्ध कटि्रनासँग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment