Comments Add Comment

ग्यास बुलेटमा भारतको फेरि कडाइ, रि-रुटिङ गरेर आएका पनि रोकिए

LP-Gas-at-Raksaul

रबिन्द्र घिमिरे

९ मंसिर काठमाडौं । रक्सौल बाहेकका नाकाबाट रि-रुटिङगर्न दिने भनेको भारतले पछिल्ला दिनमा ग्यासको बुलेट पठाउन कडाइ गरेको छ ।

पछिल्लो एक सातामा भैरहवा नाका हुँदै ६ बुलेट मात्र ग्यास आएको छ । यसैकारण काठमाडौंसहित प्रमुख शहरहरुमा ग्यासको वितरण फेरि प्रभावित हुने भएको नेपाल आयल निगमले जनाएको छ ।

भैरहवा नाकाबाट आउने ग्यास बुलेट काठमाडौंसहित प्रमुख शहरका उद्योगमा जाने गरेका छन् । झापाको काँकडभिट्टाबाट निकै न्युन मात्रामा ग्यास बुलेट आइरहेको आयल निगमले जानकारी दिएको छ ।

अहिले तिहार अघि नेपाल आएका ग्यास बुलेटबाट भरिएका ग्यास सिलिन्डरहरु बजारमा ल्याउने क्रम चलिरहेको छ । ‘भारतबाट न्युन मात्रामा ग्यास बुलेट नेपाल आएका छन् । तीन-तीन दिनमा बल्ल २/४ वटा बुलेट ग्यास मात्र नेपाल आइरहेको छ । यसले अहिलेकै गतिमा ग्यास वितरण गर्न पनि समस्या हुने भइसक्यो’ आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरसँग भने ।

आयल निगमका अनुसार रक्सौलबाट रि-रुटिङ गरेर आएका ५५ सहित ८० वटा ग्यास बुलेट भैरहवा पारी सुनौलीमा रोकिएको छ । रक्सौलमा दुई सय आठवटा ग्यास बुलेट रोकिएको महिनौ भइसक्यो ।

यस्तै जोगमनी नाकामा ११ वटा ग्यास बुलेट रोकिएका छन् भने अन्य सीमा नाकामा पनि केही बुलेट ग्यास नेपाल प्रवेशको प्रतिक्षामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment