Comments Add Comment

प्राविधिकहरुलाई चुनावी सरमर्गी, अध्यक्षले भने-‘जातियता किन छिर्दैछ ?’

ananta-and-puskar
नेपाल चलचित्र प्राविधिक संघयलाई चुनावी सरगर्मीले छोएको छ । आज सम्पन्न हुने चुनावी अधिवेशनबाट नयाँ कार्यसमिती चुनिने छन् ।

प्राविधिक संघको संस्थापक सल्लाहाकार समेत रहेकी कलाकार वसुन्धरा भुषालले संघको अधिवेशनको उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा चलचित्र क्षेत्रमा प्राविधिकको रुपमा रहेर दुई दशकदेखि काम गरेका विभिन्न प्राविधिकहरुलाई सम्मान गरिएको छ । चलचित्र क्षेत्रमा भान्छा, स्थल सहयोगी, प्रकाश व्यवस्थापक, श्रृङ्गार लगायतका विभिन्न विधामा रहेर पर्दा पछाडि काम गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको हो । सम्मानित भएका प्राविधिकहरुले संघले संझिएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष मनोज केसीले नयाँ नेतृत्वका लागि राजनीति समेत भैरहेको सुन्दा आफूलाई दुख लागेको बताए । उनले संघमा जातियताको समेत कुरा उठेको भन्दै यस्तो बिषय किन छिर्‍यो भनेर प्रश्न गरेका थिए ।

प्राविधिक संघले पाएको उचाई सम्पुर्ण टिमको सहयोगमा भएको भन्दै उनले नयाँ नेतृत्व बाहिरी गोटी बन्ने हो कि भन्नेमा आफूलाई चिन्ता लागेको पनि बताए । महासचिव अनन्त तिमिल्सिनाले काम गर्ने क्रममा आफुहरुबाट गल्ती भएको खण्डमा माफी दिन आग्रह गरे । तर, उनले प्राविधिकहरुकै हितका लागि आफूहरु खटिएको बताए ।  nefta-adhibesan

कार्यक्रममा वितरक तथा निर्माता प्रदिप कुमार उदय, निर्देशक नारायण पुरी, पत्रकार भरत शाक्य, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले शुभकामना दिएका थिए ।

नयाँ नेतृत्वका लागि आजै चुनाव हुनेछ । चुनावमा विभिन्न पदमा भिडन्त गर्नेहरुको संख्या धेरै देखिएको छ । अध्यक्ष पदका लागि अनन्त तिमिल्सिना, पुष्कर लामा र राजु केसीले भिडन्त गर्दैछन् । अध्यक्ष पदको भिडन्त नै रोचक हुने देखिएको छ । यस्तै, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सदस्य पदका लागि पनि प्राविधिकहरुको भिडन्त रोचक हुने देखिन्छ ।

विशेषगरि, ‘नेफ्टा अवार्ड’को आयोजना गरेकै कारण प्राविधिक संघको उचाई चलचित्र क्षेत्रमा बढेको छ । यस्तो अवस्थामा काम गर्न सक्ने नेतृत्व आउनुपर्ने धेरैजसो प्राविधिकहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment