Comments Add Comment

अमेरिकाबाट क्यानडा पुगे जीवन, अब नेपाल नबस्ने हो र ?

jiwan-in-america
नायक जीवन लुइटेल हिजोआज नेपाल भन्दा विदेशमा बढी बस्छन् । चलचित्रको प्रिमियर र शो भन्दै विदेश हानिने जीवन लामो समय उतै हराउँछन् ।

उनै जीवन लुइटेल अमेरिका पुगेको पनि महिना बढी भैसकेको छ । चलचित्रको छायांकनका लागि मात्र नेपाल आउने जीवन धेरै समय अमेरिकामा नै बस्छन् । जीवन अहिले अमेरिकाबाट क्यानडा पुगेका छन् । उनले अभिनय गरेको चलचित्र ‘काफल पाक्यो’को प्रिमियरका लागि जीवन क्यानडा पुगेका हुन् ।

नोभेम्बर २८ तारिखमा क्यानडामा यो चलचित्रको पहिलो पि्रमियर हुँदैछ । यस अगाडि कुनै पनि चलचित्रको प्रिमियर क्यानडामा भएको थिएन । डाँफे स्पोर्टस् क्लबको आयोजनामा यो चलचित्रको विश्व प्रिमियर क्यानडामा गर्न लागिएको हो । क्लबमा अध्यक्ष ध्रुव राइले जीवनलाई स्वागत गरेका छन् ।

अमेरिकामा रहँदै आएका जीवनले आफू फ्रेवुअरीमा नेपाल आउने जानकारी दिएका छन् । उनले यसपछि चलचित्र ‘रिफ्यूजी’को प्रिमियर पनि अमेरिकामा र क्यानडामा गर्न लागिएको बताए ।

ग्रिन कार्डका लागि एप्लाई गरेको बताउने जीवनले आफूले पाइसकेको भन्ने खबर भने झुटो भएको बताउँदै आएका छन् । तर, उनको पछिल्लो गतिविधीलाई हेर्दा भने जीवनले अमेरिकामा नै भविष्य सोचेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment