Comments Add Comment

दुबर्इमा भूवन र अनमोल, केसीले भने-‘नेताले भाषण मात्र गरे, काम गरेनन्’

dubai-ma-bhuwan-and-anmol
दुबइको इम्पेरियल होटलमा ‘नेपाली कलाकार समुह’ले परिचयात्मक तथा सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ । ‘कला र संकृतीको उत्थान, नेपालीको पहिचान’ भन्ने मुल मन्त्रका साथ स्थापना गरिएको ‘नेपाली कलाकार समुह’को नायक आर्यन सिग्देलले उद्घाटन गरेका थिए ।

परिचयात्मक कार्यक्रममा भने नायक भूवन केसी र उनका छोरा तथा नायक अनमोल केसी उपस्थित थिए । कार्यक्रममा संस्थाका संरक्षक रतन थापा विशेष अतिथीको रुपमा उपस्थित थिए । नेपाली कलाकार समुहका संस्थापक संरक्षक रतन थापाले नेपाल, नेपाली र नेपाली कला संकृतीलाई माया गर्ने सवैलाई एकत्रित गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नायक भूवन केसीले रोजगारिको सिलसिलामा विदेशमा रहनु भएका नेपालीसँग भलाकुसारी गर्न पाउँदा धेरै खुशी लागेको बताए । नायक केसीसँग सेल्फी खिच्ने घुँइचो पनि कार्यक्रममा खुबै देखिन्थ्यो । नायक केसीले नेपालका नेताले भाषण मात्र गरेर जनतालाई मख्ख बनाउन जानेको तर काम गरेर देखाउन नसकेको गुनासो व्यक्त गरे ।

परिचयात्मक तथा सांकृतिक कार्यक्रममा नायक अनमोल केसीले नेपाली चलचित्र प्रतिको आफ्नो लगाव र सक्रियताको बारेमा बोलेका थिए । उनीसँग पनि सेल्फी खिच्नेको भिड कार्यक्रममा देखिन्थ्यो ।

कार्यक्रममा लोक दोहोरी गीतको प्रस्तुतीले पनि माहोल गर्माएको थियो । कार्यक्रममा नायक भूवन केसीले ‘गाउँको  याद आयो नी, म तिमी बिना मरिहाल्छु’ लगायतका गीत गाएका थिए । उनले गीत गाउँदा उपस्थिती दर्शकहरु नृत्य गर्न लालयित देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment