Comments Add Comment

एसएसबीको ज्यादतीबारे सरकारले भारतको ध्यानाकर्षण गराउने

९ मंसिर, काठमाडौं । सरकारले भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि गोली चलाएकोबारे भारत सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

Sakti-Basnetसंसदको राज्य व्यवस्था समितिको बुधबार बसेको बैटकमा गृहमन्त्री शक्ति बस्नेतले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूताबासको ध्यानाकर्षण गराउने बताए ।

सुनसरी हरिपुर ७ मा एसएसबीले गोली हान्दा साइकलमा रासायनीक मल ल्याउँदै गरेका चार नेपाली घाइते भएका छन् ।

गृहमन्त्री बस्नेतले एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने तथा सद्भाव र्‍यालीमाथि भएको आक्रमणले आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताए । उनले गाडी जलाउने, पुल भत्काउने तथा आगजनी गर्नेहअरुलाई कानुनी कठघरामा उभ्याउने र शान्ति सुरक्षा भरपर्दो बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment