Comments Add Comment

चिलिमेद्वारा २७ प्रतिशत लाभांश प्रस्ताव

९ मंसिर काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना सेयर धनीलाई २७ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको छ । चिलिमेले १२ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ दरका ४० करोड ८० लाखको सेयर र ३२ करोड ६४ लाख रुपैयाँ नगद बाँड्ने तयारी गरेको हो ।

दुई अर्ब ७२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गतवर्ष ८४ करोड ४५ लाख रुपैयाँ नाफा गरेको थियो । यही नाफाबाट कम्पनीले लाभांस दिन प्रस्ताव गरेको हो ।

चिलिमेले साधारणसभा गर्ने मिति भने तोकेको छैन् । साधारणसभाले पास गरेपछि मात्र लगानीकर्ताले लाभांश पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment