Comments Add Comment

‘लभ इन नेपाल’ मलाई मन प्रर्ने फिल्मः सोनु निगम

Sonu-Nigam-Wallpaper1

मुम्बई । बलिउडका पाश्र्व गायक सोनु निगमले तीन फिल्ममा अभिनय गरेका छन् । ती तिनै फिल्मको बक्स अफिस ब्यापार नाजुक भयो । जानी दुश्मन, काश आप हमारे होते र लभ इन नेपाल । तीन चलचित्रमा नायकका भूमिका निर्वाह गरेका थिए उनले ।

तीन मध्ये लभ इन नेपालको अधिकांश सुटिङ नेपालमा गरिएको थियो भने नायिका थिईन् पूर्व मिस नेपाल झरना बज्राचार्य ।

आफुले काम गरेका तीन मध्ये लभ इन नेपाल मात्रै राम्रो विषय भएको भन्दै उक्त फिल्ममा काम गर्दा अभिनयमा सन्तुष्टि मिलेको उनले बताए । ‘तीन मध्ये लभ इन नेपाल राम्रो थियो अरु सबै झुर ।’ उनले भने ।

कम उमेरमै अभिनय गरेको निगमले आफ्नो लागि अभिनयमा कसैले पनि मार्गनिर्देश नगरेको धारणा राखे । त्यसो त बलिउड फिल्म उद्योगमा अहिले पनि ‘आईटवाला’को बोलवाल रहे जस्तो लाग्छ उनलाई ‘युवति घुमाउन पाईने लोभमा फिल्म बनाउनेहरु अहिले पनि सक्रिय छन् बलिउडमा ।’ उनले भने ।

अभिनय फेरि पनि गर्न सक्ने भन्दै उनले आफ्नो सोचसंग मिल्ने विषय भए मात्रै काम गर्ने बताए । अघिल्लो महिना पाकिस्तानी गजल गायक गुलाम अलिको मुम्बईमा हुने भनिएको कन्सर्टको विरोधमा बलिउडकर्मीले विभिन्न टिप्पणी गरे ।

उनका मित्र मानिने अभिजीत भट्टाचार्यले पनि उक्त विषयमा टिप्पणी गरेर आलोचनाको शिकार भएका थिए । निगमको भनाई अनुसार उनी गुलाम अलिलाई गुरु मान्छन् । पाकिस्तानीले पनि भारतलाई मित्रको रुपमा हेर्नुपर्ने उनको भनाई थियो ।

त्यसो त केही महिना अघि सुखबिन्दर कौर अर्थात राधे माँ को समर्थनमा ट्वीट गरेका निगमको सामाजिक सञ्जालमा उछित्तो काढेका थिए केही भारतीयले ।
उनी आफ्नो विचारप्रति अहिले पनि टसमस छैनन् । जे गरें ठिक गरें भन्ने लाग्छ उनलाई । उनी भन्छन् ‘मैले लेखेको थिँए, नाङ्गा बाबा घुम्न सक्छन् भने राधे माँले स्कट लगाएर के गल्ती गरिन् ?’

महिलाले स्कट लगाउदैमा उसलाई अभद्र भनेर ब्याख्या गर्न नहुने उनको बुझाइ छ । उनी भन्छन् ‘म राधे माँ को भक्त होईन तर, म भन्छु उसले लगाउने कपडाकै आधारमा उसको चरित्रका विषयमा टिप्पणी गरिनुहुन्न ।’

उनी अहिले नयाँ भिडियो एल्बम आ भी जा’ को प्रचारमा ब्यस्त छन् । उनको भिडियो केही दिन अघि सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment