Comments Add Comment

टेलिकमको सिम ‘रि-एक्टिभेट’ गर्न ५० रुपैयाँ

९ मंसिर, काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सिडिएमए मोबाइलको हराएको वा बिग्रेको सिमकार्ड परिवर्तन गर्दा ५० रुपैयाँमात्र शुल्क लिने भएको छ । टेलिकमले यसभन्दा अगाडि सय रुपैयाँ लिँदै आएको थियो ।

रिचार्ज नगरी भेलिडिटी सकिएका सिम तथा रिमकार्ड पुनः एक्टिभ गरी सञ्चालनमा ल्याउँदा ९० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ । यसरी एक्टिभ गरिएको नयाँ सिम तथा रिममा ५० रुपैयाँ हुनेछ । पहिला एक्टिभ गरी चलाउँदा २ सय रुपैयाँ तिर्नुपर्थ्यो ।

टेलिकमले नयाँ शुल्क भोली मंसिर १० गतेदेखि नै लागू हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment