Comments Add Comment

श्वेतपत्रले देखाएन सेयर बजारमा उत्साह , १० अंकको गिरावट

९ मंसिर, काठमाडौं । सरकारले श्वेतपत्र जारी गरेको भोलिपल्ट पनि सेयर बजार घट्ने क्रम रोकिएन । नाकाबन्दीका कारण पूँजी बजार गिर्दो अवस्थामा रहेका बेला सरकारी श्वेतपत्रपछि पनि बुधबार सेयर बजारमा उत्साह देखिएन ।

nepal stockमंगलबार ९ अंकले घटेको बजार परिसूचक बुधबार १० दशमलव २७ अंकले तल झर्‍यो । सुरुवातमा समान्य बढेको बजार पछि निरन्तर घटेर १ हजार ५६ दशमलव ४२ अंकमा आएर बन्द भयो ।

सबै समूह रातो भएपछि सेयर बजारले १० अंक गुमाएको हो । बैंकिङ समूह १३ अंकले ओरालो लाग्दा बीमा समूहमा १५ अंकको गिरावट देखियो ।

यस्तै जलविद्युत समूह १४, होटल १२, विकास बैंक ९, उत्पादनमूलक २, अन्य समूह १ र वित्त समुह शुन्य दशमलव ५५ अंकले रातो भए ।

दिनभरमा १ सय १६ कम्पनीका ४ लाख ५५ हजार कित्ता सेयर कारोबार भए । बुधबार कारोबार रकममा सुधि्रएर २२ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

बुधबार राप्ती भेरी विकास बैंक र अपी हाइड्रोका लगानीकर्ताले धेरै गुमाए । कारोबारका आधारमा नेपाल बैंक लिमिटेडका संस्थापक सयेर र चिलेमी हाइड्रो अगाडी देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment