Comments Add Comment

‘पशुपति प्रसाद’को ट्रेलर यस्तो बन्यो, ‘टुल्के’बाट फेरिएला खगेन्द्रको परिचय ?

_MG_9581 copy
चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट एकाएक चर्चामा आएका कलाकार तथा लेखक खगेन्द्र लामिछाने अब आफ्नो परिचय फेर्ने तयारीमा छन् । अब, उनलाई दर्शकले ‘पशुपति प्रसाद’ भनेर चिनुन् भन्ने आश छ । यो आशले कहिलेकाही उनलाई सोच्न वाध्य पनि बनाउँछ ।

आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा रोजिन सिटौला कार्यकारी निर्माताको रुपमा छिन् भने रजना नापित यसकी निर्मात्री हुन् ।
_MG_9527 copy
टुकी आर्टस् प्रा.लि र दीपेन्द्र के खनाल प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्रमा खगेन्द्र लामिछाने, बर्षा सिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, आशिष अधिकारीको मुख्य भूमिका छ ।
_MG_9520 copy
निर्देशक दीपेन्द्र के खनालले चलचित्रले एक पात्रको यात्रालाई चित्रित गरेको बताए । उनले आफूलाई नयाँ नयाँ कथावस्तुमा चलचित्र बनाउन मन लाग्ने भएकाले पनि ‘पशुपति प्रसाद’को जन्म भएको बताए ।

बाउआमाको अधुरो सपना पुरा गरेर उनीहरुलाई स्वर्ग तार्ने लक्ष लिएर पैसा कमाउन शहर आएको एउटा गाउँले केटाको कथामा यो चलचित्र बनेको छ ।

नायिका बषर्ा सिवाकोटीले चलचित्रमा आफ्नो सस्पेन्स भूमिका रहेको बताइन् । उनी शिर्ष पात्रको अपोजिट रुपमा देखिएकी छिन् । चलचित्रको वितरक पपकर्न पिक्चर्सका माधव वाग्लेले चलचित्र भाग्यका कारण चल्ने बताए । यो चलचित्र मंसिर १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment