Comments Add Comment

मधेसी मोर्चालाई प्रधानमन्त्रीको प्रश्न-पहाड र तराई नछुट्याई नहुने कारण के ?

Pm-Kp-oli

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई र पहाडलाई अलग गरेर प्रदेशहरु बनाउनुपर्ने माग स्वीकार्य नहुने बताएका छन् । तर, जायज मागहरु पूरा गर्न सरकार तयार रहेको उनले बताए ।

मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले देशको सार्वभौमसत्तालाई सबैले सम्मान गर्नुपर्ने बताए ।

तराई मधेस र थरुटहमा आन्दोलन जनताको जायग माग पूरा गर्नुपर्ने बैद्य माओवादीको माग पढ्दै प्रधानमन्त्री ओलीले बैद्यतिर हेर्दै भने- ‘एउटा कुरा भनौं, जायज मागमा छलफल गर्न तयार छौं । यहाँहरुसँग पनि छलफल गर्न कुनै आपत्ति छैन ।’

जनताका हितका निम्ति हुन्छ भने त्यस्ता मागहरुलाई सम्बोधन गर्ने उनले बताए । ओलीले भने- तर, भ्रमहरुको सम्बोधन त स्पष्ट पारेर मात्र गर्न सकिन्छ । कतिवटा मागहरु भ्रमपूर्ण छन्, जस्तो-तराईका जनतालाई संविधानले ठगेको छ ।’

प्रधानमन्त्री ओलीले पहाड र तराईलाई छुट्याउनुपर्ने माग पूरा नहुनेसमेत प्रष्ट पारे । ओलीले भने- ‘पहाड र तराईलाई खर्लप्प छुट्याएर विकासको सम्भावनामा तगारो नहाली नहुने कारणले के ? मैले त्यो चाँहि बुझेको छैन ।’

सीमांकनसम्वन्धी प्रश्नलाई अध्ययनका आधारमा आयोग बनाएर गरौं भन्दा हल्लाखल्ला भएको भन्दै उनले यो जे गरे पनि विवादास्पद नै हुने बताए । आफू कुनै आवेश र उत्तेजनामा नभएको भन्दै ओलीले भने- ‘अध्ययन गर्न पाइँदैन, मेरो भनाइअनुसार हुनुपर्छ भन्ने कुरा म बुझि्दँन ।’

बैद्य माओवादीले आन्दोलनरत दलहरुको जायज माग पूरा गर्नुपर्ने, नेपाल भारतबीचको १९५० को सन्धि, गोर्खा भर्ती केन्द्र, व्यापार-पारवहन लगायतका असमान सन्धि सम्झौताहरु खारेज गर्नुपर्ने लगायतका माग राखेको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment