Comments Add Comment

ग्लोबल आइएमइको नयाँ शाखा सुकेधारामा

Glowal IME Bank
९ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको सुकेधारामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बुधबार शाखा र एटिएम सेवाको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति थियो ।

यो सँगै उपत्यका भित्रमात्र बैंकका शाखा संख्या ३१ पुगेको छन् । एटीएम भने उपत्यकामै ४६ वटा पुगेका छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।

६३ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले ५२ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले ८८ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९३ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३७ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवा तथा अष्टे्रलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment