Comments Add Comment

रणवीरले गरे सलमानको ‘बीग बोस’लाई वेवास्ता

salman katrina and ranbir
बलिउड पनि रमाइला रमाइला घटना देखिन्छन् । विशेषगरि, बलिउडमा कलाकारको टकराव खुबै देखिएको पाइन्छ । यस्तै, टकराव देखिएको छ, नायकद्धय सलमान खान र रणवीर कपुरमा पनि ।

रणवीर कपुर र सलमानविचको शितयुद्ध नायिका कट्रिना कैफका कारण सुरु भएको हो । कट्रिना सलमानकी पूर्व प्रेमिका हुन् भने हाल उनी रणवीरसँग प्रेममा मस्त छिन् । सायद, यसैले पनि होला रणवीर सलमानसँग अगाडि पर्न चाहदैनन् । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘तमाशा’को प्रचारका क्रममा पनि रणवीर र सलमानविच यो शितयुद्ध अगाडि देखिएको छ ।

रणवीर र नायिका दीपिका पादुकोण अहिले चलचित्रको प्रचारको लागि हरेक टेलिभिजन शोमा पुगिरहेका छन् । तर, नायक सलमान खानको ‘वीग बोस’मा भने रणवीर कपुर गएनन् । जबकी उनी कलर्स टेलिभिजनबाटै प्रशारण हुने अर्को शोमा पुगेका थिए ।

कपिल शर्माले संचालन गर्दै आएको ‘कमेडी नाइट्स विथ कपिल’मा रणवीर कपुर र दीपिका पुगेपनि ‘बीग बोस’मा भने रणवीर गएनन् । रणवीरले यसलाई व्यक्तिगत भनेका छन् । यो घटनाले रणवीर सलमान खानसँग एकसाथ देखिन चाहदैनन् भन्ने देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment