Comments Add Comment

नायिका ज्यू-‘अनुहार देखाउनकै लागि त कथा छानेर किन बस्नुपर्‍यो र ?'(भिडियाे)

_MG_9524 copy
चलचित्र ‘नाई नभन्नु ल २’मा छोटो भूमिकामा देखिएपछि बर्षा सिवाकोटी यो क्षेत्रमा नोटिस त भइन् । तर, उनको हातमा चलचित्र भन्दा म्यूजिक भिडियोको अफर धेरै आयो । म्यूजिक भिडियो गर्दा गर्दै उनले चलचित्रको पर्दा नै विर्सिइन् । तर, अब बर्षा भिडियो भन्दा राम्रा चलचित्रलाई स्थान दिने बताउँछिन् ।

वुधबार चलचित्र ‘पशुपति प्रसाद’को ट्रेलर सार्वजनिकमा बुटिकको पहिरन लगाएर आकर्षक बनेर आएकी थिइन् उनी । सायद, उनलाई ट्रेलरमा आफ्नो भूमिका कस्तो देखिएला भन्ने उत्सुकता पनि थियो होला । तर, पहिलो पटक पत्रकारसँगै ट्रेलर हेरेकी बर्षा लाई निर्देशक दीपेन्द्र के खनालले जम्मा २ पटक विना संवाद ट्रेलरमा देखाएका छन् ।

हामीले यही बिषयमा नायिका बर्षा सिवाकोटीदेखि कलाकार खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के खनाललाई प्रश्न गर्‍यौ । बर्षा लाई चलचित्रमा सिफारिश गरेका वितरक माधव वाग्लेलाई पनि हामीले सोध्यौ-‘आफैले सिफारिश गरेकी नायिकालाई ट्रेलरमा झुलुक्क देख्दा दुःख लागेन ?’

नायिकाले भने यो चलचित्रको कथा पढेपछि आफूलाई अनुहार मात्र देखाउन पाए पनि हुन्थ्यो भन्ने लागेको भन्दै आफ्नो बचाउ गरिन् । अफर धेरै आएपनि छाडेको बताउने सिवाकोटीले अन्तत अनुहार देखाउनकै लागि चलचित्रमा साइन किन गरिन् त ? आउनुहोस् हेरौ यो भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment