Comments Add Comment

एसएसबीले नेपालीलाई गोली हानेको छैन: भारतीय दूतावास

९ मंसिर, काठमाडौं । काठमाडौंस्थित भारतीय दूताबासले सुनसरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर गोली नचलाएको दाबी गरेको छ ।

भारतीय दूताबास
भारतीय दूताबास

बुधबार बिहान साढे ६ बजे तिरको समयमा एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली चलाउँदा चार जना नेपाली घाइते भएका थिए ।

तर, भारतीय दूतबासले बुधबार विज्ञप्ति जारी गरेर घटनामा नेपाली नागरिक घाइते नभएको समेत दाबी गरेको छ ।

दूताबासले भनेको छ-‘एसएसबीको गस्ती टोलीले तस्करहरुको एक समूह सुनसरी जिल्ला पार गर्दै भारतीय क्षेत्रमा फेला पार्‍यो ।’

उनीहरुलाई पक्राउ गर्न खोज्दा एसएसबीमाथि आक्रमण गरेको र एक सुरक्षाकर्मी घाइते भएको दूताबासले बताएको छ । दूताबासले भनेको छ- ‘यो घटना भारतीय भूमिमा भएको हो र कोही पनि नेपाली घाइते भएको छैन ।’

भारतीय दूताबासले आफ्नो विज्ञप्तिमा एसएसबीले नेपाल-भारत सीमामा सुरक्षा कायमै राख्ने समेत बताएको छ ।

Indian-Statemetn-about-SSB

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment