Comments Add Comment

हाराहाङ समूहकी एक महिला धरानबाट पक्राउ

९ मंसिर, काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका फरार अभियुक्त देउमान लिम्बु (हाराहाङ) को अपराधिक समूहमा संलग्न एक महिलालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ हाङदेवाकी दुर्गा लिम्बु छिन् ।

Harhangलिम्बूलाई विशेष सूचनाका आधारमा बुधबार बिहान धरानस्थित आफ्नै दिदीको घरबाट पक्राउ गरी ताप्लेजुङ ल्याइएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए । लिम्बूलाई बुधबारै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ल्याइएको छ ।

गत कातिक १७ गते सो समूह र प्रहरीवीचको दोहोरो भिडन्तपछि भागेर धरानपुगी दिदीका घरमा बसेको सूचनाका आधारमा ताप्लेजुङबाट नै खटिएको महिला प्रहरीको टोलीले उनलाई पक्राउ गरेको कोइरालाले बताए ।

यसअघि सोही समुहमा संलग्न सान्थाक्रा निवासी ३३ वर्षीया  मनकुमारी चोङबाङ, खेजेनिम ३ निवासी १८ वर्षीय आकाश भनिने हर्क आङछङबो (लिम्बु), पथरी मोरङ घर बताउने ३५ वर्षीय कुमार लिम्बु र इटहरी ३ स्थित सुकुम्बासी टोलका अर्जुन भनिने शिव राना मगर पक्राउ परिसकेका छन् । खेजेनिम ३ का समिर लिम्बुको भने प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको थियो ।

मुख्य अभियुक्त देउमान लिम्बु (हाराहाङ) भने अझै फरार छन् । ताप्लेजुङमा भूमिगत सशस्त्र समूह बनाई लुटपाटका घटनामा उनको समूह क्रियाशील रहँदै आएको प्रहरीको भनाइ छ ।

पूर्वखम्बुवान नेता पक्राउ

Min-rai,यसैवीच नेपाल प्रहरीले दुई वर्षअघि हत्या, डकैती, लुटपाट लगायतका अपराधमा फरार रहेका अभियुक्त भोजपुर साम्पाङ-९ का ४२ वर्षीय मीनकुमार राईलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन भट्टराईको नेतृत्वमा खटिएको टोलीले बुधबार धरान-१० राँगाचोककी गीता राईको पसलबाट उनलाई पक्राउ गरेको हो ।

राई खम्बुवान मुक्ति मोर्चा नामक अर्धभूमिगत संगठनका पूर्वकार्यकर्ता समेत रहेको र त्यसैका नाममा लुटपाट, हत्या गर्ने गरेको प्रहरीको दाबी छ ।

गतसाल पुस ९ गते मोरङको सुन्दरपुरका मनबहादुर तामाङको हत्या गरेर फरार भएको भनिएका राईलाई इटहरीको ओम ज्वेलर्समा पैसा लुटेको, मोरङ बेलबारीमा डकैती गरेकोलगायतका अभियोग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment