Comments Add Comment

कालोबजारीमा संलग्न व्यक्ति र संस्था केन्द्रित अनुसन्धानः अख्तियार

९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इन्धन कालोबजारीमा संलग्न व्यक्ति र संस्था केन्दि्रत अनुसन्धान भइरहेको बताएको छ । साथै उसले आयल निगमबाट विभिन्न कागजपत्र मगाएको छ ।

फाइल फोटो
फाइल फोटो

नेपालमा इन्धन आयात तथा वितरणमा सरकारी स्वामित्वको आयल निगमको एकाधिकार छ । भारतले नाकाबन्दीका कारण देशभर इन्धन अभाव भइरहेका बेला आयल निगमको वितरण प्रणाली पारदर्शी हुन सकेको छैन भने निगमका अधिकारीहरु नै कालोबजारीमा संलग्न भएको आरोप लागेको छ ।

अख्तियारले आयल निगमसँग आपूर्ति र वितरणसहित विभिन्न कागजपत्र माग गरेर अनुसन्धान गरिरहेको प्रवक्ता कृष्णहरि पुस्करले बताए । ‘आयल निगमका केन्दि्रय अधिकारीदेखि डिपो र प्रमुख जिल्ला अधिकारीसम्मले अख्तियार दुरुपयोग गरी तेल र ग्यासको कालोबजारी गरेको गुनासो ब्यापक सुनियो । त्यसैकारण हामीले यसमा संलग्न सबैपक्षका विषयमा अनुसन्धान थालेका छौं’ पुरस्करले भने ।
अख्तियारले आयल निगमका डिपोका अधिकारी र प्रमुख जिल्ला अधिकारीहरुको गतिबिधि पनि शंकास्पद देखिएको बताएको छ ।

पुष्करले आयल निगमले तेलको आपूर्तिको र वितरण अवस्था बारेपनि विश्लेषणात्मक अनुसन्धान गर्ने बताए । ‘डिपोहरुले बाँडेको तेल र त्यसका लागि प्रमुख जिल्ला अधिकारीहरुले खेलेको भूमिकाका विषयमा पनि अनुसन्धान हुन्छ । दोषी पाइएकालाई कारवाही हुन्छ ‘ उनले भने ।

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नै तेलको कालोबजारीको आरोपमा मुछिएका छन् । खड्काले क्षेत्रीय डिपोहरुलाई सिधै काठमाडौंका पम्पहरुमा तल दिन लगाएको खुलेपछि उनको गतिविधि शंकास्पद देखिएको छ । तेल ल्याउन निजी कम्पनीलाई ठेक्का दिँदा कार्यसम्पादन धरौटी पनि नलिएको खुलेपछि उनीमाथि भ्रष्टाचारको आशंका उब्जिएको छ ।

यस्तै अनियमिताको आरोप लागेपछि आयल निगमका तीन डिपो प्रमुखलाई आपूर्ति मन्त्रालयले काठमाडौं तानेको छ ।

अख्तियार प्रवक्ता पुस्करले इन्धन कालोबजारीमा संलग्न व्यक्ति र संस्था केन्दि्रत अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए । उनले भने-‘हामी व्यक्ति र संस्था केन्दि्रत अनुसन्धानमा छौं । अधिकार दुरुपयोग गरी इन्धनको अपचलन र कालोबजारी गर्नेहरु सबैका विषयमा छानबिन हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment