Comments Add Comment

मोदीको पुत्ला जलाउँदा प्रहरीले लाठी बर्षायो (भिडियोसहित)

Modi ko Putla Dahan९ मंसिर, काठमाडौं । विद्यार्थीहरुले काठमाडौंको प्रदर्शनीमार्गमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । पुत्ला जलाउने कार्यक्रममा नेपाल प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेको छ ।

प्रहरीको लाठी प्रहारबाट बाटोमा हिँडिरहेका सर्बसाधारण पनि घाइते भएका छन् ।

भारतले नेपालमा गरेको नाकाबन्दीको विरोध गर्दै प्रमुख सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा आरआर क्याम्पस अगाडि मोदीको पुत्ला जलाइएको थियो ।Modi ko Putla Dahan (2)

पुत्ला जलाउँदा विद्यार्थीहरुले भारतविरुद्ध नाराबाजीसमेत गरेका थिए । प्रहरी हस्तक्षेपपछि विद्यार्थीहरु तितरवितर भएका थिए । त्यसलगत्तै पानी हालेर प्रहरीले पुत्ला निभाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment