Comments Add Comment

एनसेल एप क्याम्पमा पर्यटन सम्बन्धि सेमिनार सम्पन्न

९ मंसिर, काठमाडौं । एनसेलले एप क्याम्पमा छनौट भएका १५० समुहमध्ये पर्यटन विधाका प्रतियोगी समुहहरुका लागि ‘थिमेटिक’ सेमिनरको आयोजना गरेको छ । सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगिहरुलाई थप जानकारी दिने हेतुले यो गोष्ठी आयोजना गरिएको हो ।

बुधबार आयोजित सो गोष्ठीमा पर्यटन क्षेत्रका विज्ञहरुले एप निमार्णको सम्भाबनाहरु, एप बजारको अन्र्तराष्ट्रिय अवस्था र ncellकस्ता एपहरुले विश्व बजारमा ठाँउ पाउन सक्छन् भन्नेबारेमा छलफल गरेका थिए । विज्ञहरुले चलाउन गारो नहुने, इन्टरएक्टिभ र राम्रो विषयगत जानकारी दिने खालको एपहरु ब्ानाउन सुझाव दिएका थिए ।

सेमिनारमा प्रमुख वक्ताका रुपमा सोसियल टुर्सका राज ज्ञवाललीले पर्यटनको सुरक्षा, ठाँउहरुको जानकारी दिने नक्सा र नेपालमा हुने विभिन्न कार्यक्रमहरु संग सम्बन्धित एपहरु बनाउन सकिने बताए । ‘तपाईँले बनाउने एपमा विश्वसनियता हुन पर्छ । होईन भने त्यो कसैले प्रयोग गर्दैन’ उनले भने ।

शेर्पा एडभेन्चर गिएरका आशुतोष तिवारी, नेपाल पर्यटन वोर्डका जनसम्र्पक निर्देशक सुनिल शर्मा, नेपाल सुत्रका सुनिल चन्द्र शर्मा र ओशो भिजन ट्रेक्स एण्ड एक्सपिडिसनका तारानाथ लामिछानेले सेमिनारमा भाग लिएका थिए ।

तिवारीले देशको विभिन्न भागमा इन्टरनेट अझै पुगि नसेको अवस्थामा इन्टरनेट नहुँदा पनि चल्ने खालको एप बनाउन पर्ने सुझाव दिए । उनले पैसा कमाउने भन्दा पहिले कसरी आफ्नो एप राम्रो र विश्वसनीय बनाउने भन्ने बारेमा कुरामा ध्यान दिनुपर्ने बताए ।

एनसेल एप क्याम्प देशकै सबभन्दा ठूलो एप विकास सम्बन्धि भेला हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले गएको वर्ष देखि एप क्याम्प सुरु गरेको हो । एनसेल एप क्याम्प २०१५ मा खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी गरी ४ वटा विधाहरु रहेका छन् । नव प्रतिभाहरुको उत्साह जनक सहभागिता रहेको कारणले गर्दा पर्यटन विधा यसवर्ष पनि समावेश गरिएको हो ।

सेमिनार र तालिममा भाग लिएपछि प्रतियोगीहरुले आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ, जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागी हुनका लागि छान्नेछन् । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ-सेवा र मेटलाइफ रहेका छन् ।

एप क्याम्पअन्र्तगत अन्तिम चरणमा प्रतियोगी समुहहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आˆनो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ ।

फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्र्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment