Comments Add Comment

देश छाड्ने कुनै सोच छैनः आमिर खान

Aamir-khan

काठमाडौं । फिल्म अभिनेता आमिर खानले आफू र पत्नी किरा रावको देश छाड्ने कुनै सोच नरहेको बताएका छन् ।

दिल्लीको एक समारोहमा आमिरले दिएको अभिव्यक्तिलाई दिएर भारतमा चर्का बहस भइरहेको छ । उनले देशको माहोलप्रति चिन्ता व्यक्त गर्दै एक पटक त पत्नी किरणले देश छाड्न सल्लाह दिएको बताएका थिए ।

उनको यो अभिव्यक्तिपछि केहीले उनको आलोचना गरे भने केही उनको पक्षमा देखिएका छन् ।

बुधबार एक वक्तव्य दिँदै उनले आफ्नो मौनता तोडेका छन् । आमिरले भनेका छन्-‘म र मेरो पत्नीको देश छाडेर जाने कुनै सोच छैन । न यसअघि थियो र भविश्वमा हुनेछ ।’

साथै उनले यो पनि भनेका छन् कि आफूले यसअघि दिएको अभिव्यक्तिमा पूर्ण रुपमा कायमै छन् । उनले भने-जसले यसको उल्टो अर्थ लगाइरहेका छन्, उनीहरुले मेरो अन्तरवार्ता हेरेका छैनन् वा जानिबुझेर नै मेरो कुरालाई तोडमोड गरेर प्रस्तुत गरेका छन् ।’

भारत आफ्नो देश भएको र यसप्रति माया रहेको भन्दै अभिनेता आमिरले भनेका छन्-म भाग्यमानी हुँ कि यहाँ मेरो जन्मिए र यअि त्यो देश हो, जहाँ म बसिरहेको छु ।’

आमिरले आफूलाई देश विरोधी भन्नेहरुले जवाफ समेत दिएका छन् । उनले आफूलाई भारतमा बस्न कसैको अनुमति वा समर्थन आवश्यक नपर्ने बताएका छन् ।

आफ्नो समर्थन गर्नेहरुलाई आभार व्यक्त गर्दै उनले आफ्नो देश, अखण्डता, अनेकता, विविध भाषा, संस्कृति, इतिहास र सहिष्णुताको रक्षा गर्नु पर्नेमा जोड समेत दिएका छन् ।

आमिरले रविन्द्रनाथ ट्यागोरको चर्चित कविता ‘जहाँ मन भय से मुक्त हो’ भन्दै वक्यक्त टुङ्ग्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment