Comments Add Comment

प्रधानमन्त्री र प्रचण्डबीच दुई पटक वार्ता, राजनीतिक समिति बनाउन ओली सहमत

Prachanda-Kp-oli

९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादी नेतृत्वबीच बुधबार दुई पटक वार्ता भएको छ ।

मंगलबार मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक सम्वाद गरेका प्रचण्डसहितका एमाओवादी नेताहरुले बुधबार भने प्रधानमन्त्रीसँग दुई पटक छलफल गरेका छन् । एक भेटमा सत्तासाझेदार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार समेत सहभागी थिए ।

राजनीतिक समितिका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले तराई मधेसमा जारी आन्दोलनरत मधेसी मोर्चाकसँगको सहमति प्रयासको अगुवाइ गरिरहेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीसहितको बैठकमा मधेसी मोर्चासँग सहमतिका विकल्पहरुबारे छलफल भएको थियो ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक समिति बनाएर सीमांकन टुङ्ग्याउने प्रचण्डको प्रस्तावमा सहमत देखिएका छन् । स्रोतले भन्यो-प्रधानमन्त्री समानुपातिक समावेशीकरण र निर्वाचन क्षेत्रको विषयलाई मिलाउन सहमत हुनु भएको छ ।’

प्रधानमन्त्री ओली अहिले नै सीमांकन परिर्वतन गर्ने पक्षमा छैनन् । बुधबार नै बैद्य माओवादीको ज्ञापन पत्र बुझ्ने क्रममा ओलीले पहाड र तराईलाई अलग गर्ने सीमांकन मान्य नहुने बताएका छन् ।

तर, राजनीतिक समिति गठन गर्ने प्रचण्डको यो प्रस्ताव आन्दोलनरत मधेसी मोर्चाले भने मानेको छैन । उसले सीमांकन हेरफेर विना सहमति हुन नसक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment