Comments Add Comment

नेपाल-भारत सीमानामा बिहेबारी हुन छाड्यो

Nepal- India_flag९ मंसिर, काठमाडौं । नेपाल र भारतबीच ‘रोटीबेटीको सम्वन्ध’ छ भन्ने भनाइ खुबै चर्चित छ । तर, सीमाक्षेत्रको नाकाबन्दीले रोटी खान धौधौ परेको छ भने ‘बेटी’ अर्थात् बिहेबारीको सम्वन्धमा पनि दरार उत्पन्न भएको छ ।

अहिले मंसिर महिनाको पहिलो साता बितेको छ । यो महिनालाई बिहेबारीको मौसमका रुपमा लिने गरिन्छ । विगतका वर्षहरुमा यतिबेला सीमावर्ती क्षेत्रहरुमा समेत दुईदेशका बेलुला बेहुलीवीच बिहेबारी खुबै चल्थ्यो ।

तर, यो वर्ष भारतबाट जन्तीहरु खासै नेपाल भित्रिएका छैनन् । र, नेपालबाट पनि भारतमा जन्ती गएका छैनन् । यसपालि सीमा वारपार वैवाहिक सम्वन्ध गाासिने क्रम ह्वात्तै घटेको छ ।

नेपालको तराई क्षेत्रमा मधेसी समुदायले चर्काएको आन्दोलनल र सीमा क्षेत्रमा भइरहेको अवरोधले गर्दा रोजीबेटीको सम्वन्ध संकटमा परेको हो ।

खास गरी भारतको सीमावर्ती क्षेत्र बनबासा र नेपालको महेन्द्रनगरमा परम्परादेखि नै सीमावार विहेवारी गर्ने प्रचलन चल्दै आएको छ ।

‘भारतको पिठौरा गढ र चम्पावत जिल्लाका सीमावर्ती गाउामा बस्ने मानिसहरुका आफन्त नेपालमा थुप्रै छन् । विगतदेखि नै उनीहरुले नेपालका परिवारहरुबाट बुहारी भित्र्याउने वा आफ्ना छोरी दिने गर्दै आएका छन्,’ चम्पावत जिल्ला स्थित बनवासामा बस्ने नवीन देउवा भन्छन् ।

आधिकारिक तथ्यांकअनुसार गत वर्षको नोभम्बरसम्म सीमा वारपार १२ वटा विहे भएका थिए । तर, यस वर्ष एउटा पनि बिहे भएको छैन ।

‘नेपाल र भारतबीच सम्वन्ध बिग्रेका कारणले दुबै देशका परिवारहरु अर्को देशमा नाता गाास्न हिच्किचाइरहेका छन्,’ बनवासामा बस्ने घनश्याम दत्त जोशी भन्छन्, ‘त्यसमाथि भारतले सीमा क्षेत्रमा स्वतन्त्र आवागमनलाई अवरोध पुर्‍याइरहेको छ ।’

जोशीका अनुसार नेपालको कञ्चनपुर जिल्लाका परिवार र भारतको चम्पावत, वनवासा र खतिमा लगायतका शहरमा बस्ने परिवारबीच कुटुम्बको सम्वन्ध गाासिने गथ्र्यो ।

‘यदि दुई देशबीचको सम्वन्ध चााडै सुधार भएन भने जनस्तरको सम्वन्ध पनि खल्बलिन सक्छ,’ जोशी भन्छन् ।
स्रोत : भारतीय पत्रिका दैनिक ट्रिब्युन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment