Comments Add Comment

कालोबजारीसँगै सुरक्षा जोखिम बढ्यो

Petrol-Taskari
१० मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीले मुलुकमा बढेको कालोबजारीसँगै आमनागरिकमा सुरक्षा चुनौती थपेको छ । घरघरमा सञ्चय गरिएका पेट्रोलियम पदार्थदेखि सार्वजनिक सवारी साधनमा निर्वाध ओसारपसार भइरहेको पेट्रोल, डिजेल, ग्यासलगायतले दुर्घटना र मानवीय क्षतिको त्रास बढेको छ ।

नाकाबन्दीले इन्धन आफूर्ति कटौती हुँदा बजारमा प्रतिलिटर पेट्रोल औसत तीन सय र डिजेल दुई सय रुपैयाँमा बिक्री भइरहेको कारोबारमा खबर छ ।

कालोबजारीको अखडा चियापसलदेखि वर्कसपसम्म फैलिएको छ । कालोबजारीको मार खेप्दै आएका उपभोक्ताले अत्यावश्यक कामका लागि घरमा पेट्रोल सञ्चित गरेर राख्ने क्रम बढेपछि आगलागी हुन सक्ने चुनौती थपिएको जानकारहरुले बताएका छन् ।

प्रहरी प्रवक्ता कमलसिंह बम पनि सार्वजनिक सवारीमा पेट्रोल र ग्यास ल्याउँदा आगलातीको त्रास बढेको बताउँछन् । उनले घरमा पेट्रोल राख्नु सुरक्षाका हिसावले अत्यनै संवेदनशील रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment