Comments Add Comment

गाउँलेले बनाए कृषि सडक

१० मसीर, सल्यान । धनवाङ गाविसका बासिन्दाले आफ्नै लगानीमा कृषि सडक निर्माण गरेका छन् ।

विकासका लागि अरूको भर पर्दा पछाडि परेको भन्दै धनवाङ–५ खसटोलका बासिन्दाले आफ्नै लगानीमा करिब दुई किमी सडक निर्माण गरेका हुन् । गाउँमा रहेका ५६ घरधुरीले दरिखोलादेखि बैँसरीसम्म जोड्ने मोटर बाटो निर्माण गरेर गाउँमै गाडी पुर्याएको निर्माण समितिका अध्यक्ष गोविन्द रावतले जानकारी दिए ।

कृषि सडक बनेपछि गाउँमा उत्पादन हुने अदुवा, सुन्तला, टिमुर, तरकारी लगायत उत्पादन बजारसम्म पुर्याउन र बजारबाट दैनिक उपभोग्य सामान ल्याउन सजिलो हुने भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment