Comments Add Comment

अत्यावश्यकीय सेवाका सवारीलाई तेल दिन छुट्टै पेट्रोल पम्प

१० मंसिर, काठमाडौं । वाणिज्य मन्त्रालयले विभिन्न अत्यावश्यकीय सेवाका सवारी साधनलाई तेल उपलब्ध गराउन काठमाडौंमा छुट्टै पेट्रोलपम्पको व्यवस्था गरेको छ ।

सबै किसिमका सवारीको लाइनमा बसेर तेल हाल्दा अत्यावश्यक सेवाहरु प्रभावित भएको भन्दै मन्त्रालयले विभिन्न किसिमका सवारीलाई छुट्टै पम्पहरु तोकेको हो ।

औषधिबाहक, एम्बुलेन्स, शववाहन र कुटनीतिक नियोगका सवारीलाई तेल हाल्न प्रहरी कल्याण कोष नक्सालको पेट्रोल पम्प तोकिएको छ ।

यस्तै खाद्यान्न, दूध, पानी, फोहोरमैला बोक्ने सवारीसहित दमकल, प्रेस तथा छापाखानाका लागि तेल बाँड्न नेपाली सेनाको शक्तिदेवी पेट्रोलपम्प लगनखेललाई जिम्मा दिइएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

भक्तपुर र काभ्रेलगायतका डेरी उद्योगका सवारीले गुह्येश्वरी फ्युल स्टेशन भक्तपुरमा तेल लिन सक्ने निगमले जनाएको छ ।

यसरी विभिन्न अत्यावश्यकीय सेवाका सवारीलाई छुट्टै पम्प तोकेपछि तेलको वितरण व्यवस्थित हुने वाणिज्य मन्त्रालयको विश्वास छ ।

नेपाल आयल निगमले आज बिहीबार २ लाख ३४ हजार लिटर डिजेल र ४२ हजार लिटर पेट्रोल वितरण गर्दैछ ।

वाणिज्य मन्त्रालयले तेलको वितरण पारदर्शी नभएपछि थानकोट डीपोको अधिकार खोस्दै आफैँले तेल दिने पम्प र परिमाण तोक्न थालेको छ ।

बिहीबार तेल वितरण हुने पम्पहरुको सूची 

NOC-LIst

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment