Comments Add Comment

बेल्जियमका दर्शकले हेरे ‘फन्को’

fanko

काठमाडौं । चलचित्र फन्कोको युरोपको बेल्जियममा रेडकार्पेटसहित पि्रमियर गरिएको छ । गत सोमबार बेल्जियमको सिनेमा हल जेड लुभेनबाट प्रर्दशन सुरु गरेको हो ।

कार्यक्रममा गैरआवासिय नेपाली संघका केन्द्रिय सचिब अर्जुन श्रेष्ठ, गैर आवासिय नेपाली संघ बेल्जियम अध्यक्ष गंगाधर गौतम बेल्जियमका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

सुरुमा एक शो मात्र प्रर्दशन गर्ने भनिए पनि दर्शकहरुको चाप बढेकाले दुई सो प्रर्दशन गरिएको निर्माता शहदेब गौतमले बताए । दोश्रो सो मा पनि दर्शकहरुको चाप बढेपछि फन्कोलाई आगामी २९ तारिखमा अर्को दुई शो गरीन लागेको र यसको लागि हल बुकिङ्ग भैसकेको प्रस्तुतकर्ता पदम गुरुङले बताए ।

फन्को हेरेपछि बेल्जियमका एनआरएन दर्शकहरुले चलचित्र उत्कृष्ठ बनेको प्रतिकृया दिएका छन । चलचित्रले आम नेपाली युवायुवतीहरुको मोटो रकम कमाउने मोहको कथा बोलेको र चलचित्रको प्रस्तुतीले मन छोएको दर्शक प्रतिकृया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment