Comments Add Comment

यी हुन् जुम्ल्याहा बच्चा जन्माउने सेलिब्रिटी

sanjay-manyata-twins
सञ्जय दत्त

मुम्बई । बलिउड नायिका एवं फेमिना मिस इण्डिया सेलिना जेट्लीको जन्म सन १९८१ नोभेम्बर १४ मा भएको थियो । फेमिना मिस इण्डिया युनिभर्सको अतिरिक्त अन्य थुप्रै टाइटलमा अवार्ड पाएकी थिइन् उनले ।

सन २००३ मा फिरोज खानको फिल्म ‘जानशी’ वाट करिअर सुरु गरेकी सेलिनाले खेल, सिलसिले, नो एन्ट्री, हे बेबी, गोलमाल रिटन्स लगायत दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् । तर, अभिनयमा चमत्कार गर्न सकिनन् अन्य नायिकाले झैं ।

अभिनयमा औसत रहेपछि सन २०११ मा अष्ट्रेलियन नागरिक एवं ब्यबसायी पीटर हँगसँग विवाह गरेकी सेलिनाका विराज र विस्टन नामका दुई जुम्ल्याहा छोरा छन् ।

सेलिना मात्रै हैन, बलिउड र हलिउडमा यस्ता केही कलाकार छन् जो जुम्ल्याह वच्चाको बुबा आमा भनेर चिनिन्छन् ।

पुराना अभिनेता शत्रुघन सिन्हा पनि जुम्ल्याह छोराका बुबा हुन् । उनका छोरा लव र कुश रहेका छन् । लव र कुश नायिका सोनाक्षी सिन्हाका दाई हुन् ।

अहिले जेलमा रहेका सञ्जय दत्तका पनि दुई जुम्ल्याह छोरा छन् । दोस्री श्रीमति मान्यतावाट जन्मिएका ती छोरा ५ वर्षका भए ।

हलिउड अभिनेत्री जेनिफर लोपेजका जुम्ल्याह छोरा र छोरी अहिले ७ वर्षका भए । अर्की नायिका एन्जेलिना जोलीको पनि ७ वर्षकी दुई छोरी छन् ।

जुलिया रोबट्सकी छोरा छोरी ११ वर्षका भए । अभिनेता क्रिस हेम्सवर्थ र एल्सा पाटकीकी छोरा छोरी १ वर्षका भए । रिकी मार्टिनका बच्चा भए ७ वर्ष पूरा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment